News Summary
Generated by OK AI. Editorially reviewed.- हेल्प नेपाल स्पोर्ट्स क्लबले रेडबुल दशौं पीएम कप एनभीए लिग पुरुष भलिबलमा लगातार चौथो जित हात पारेको छ।
- त्रिपुरेश्वरस्थित दशरथ रंगशाला कभर्डहलमा हेल्प नेपालले नेपाल एपीएफ क्लबलाई ३-१ सेटमा हराएको छ।
- खिल्जी युवा क्लबले कोशी प्रदेशलाई हराउँदै पुरुषतर्फ पहिलो जित सहित ३ अंक जोडेको छ।
१५ वैशाख, काठमाडौं । हेल्प नेपाल स्पोर्ट्स क्लबले रेडबुल दशौं पीएम कप एनभीए लिग महिला तथा पुरुष भलिबल लिग २०८३ अन्तर्गत पुरुषतर्फ लगातार चौथो जित हात पारेको छ ।
मंगलबार त्रिपुरेश्वरस्थित दशरथ रंगशाला कभर्डहलमा भएको खेलमा हेल्प नेपालले विभागीय टोली नेपाल एपीएफ क्लबलाई ३-१ सेटमा हरायो ।
हेल्प नेपालले एपीएफलाई २५-१५, २३-२५, २५-१३, २५-१४ ले पराजित गरेको हो । लगातार चार खेल जितेर अपराजित रहेको हेल्प नेपालले १२ अंक जोडेको छ । एपीएफको भने यो लगातार चौथो हार हो ।
यस्तै पुरुषतर्फ खिल्जी युवा क्लबले पहिलो जित हात पारेको छ । खिल्जीले कोशी प्रदेशलाई २५-१९, २५-२०, २६-२४ ले हरायो । खिल्जीले पाँचौं खेलमा आएर पहिलो जित सहित ३ अंक जोडेको हो ।
प्रतिक्रिया 4