News Summary
Generated by OK AI. Editorially reviewed.- राप्रपाकी प्रमुख सचेतक खुश्बु ओलीले स्पष्ट बहुमत भएको सरकारले संसद् छलेर अध्यादेशमार्फत अघि बढ्नुको कारण सरकारसँग जवाफ माग गरेकी छन्।
- सरकारले सहकारीसम्बन्धी र संवैधानिक परिषद्सम्बन्धी दुई अध्यादेश जारी गर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गरेको छ।
- ओलीले संवैधानिक परिषद् र सहकारीजस्तो महत्त्वपूर्ण विषय संसद् छल्दै अध्यादेशमार्फत अघि बढाउनु उचित अभ्यास नभएको बताइन्।
१५ वैशाख, काठमाडौं । राप्रपाकी प्रमुख सचेतक खुश्बु ओलीले स्पष्ट बहुमत भएको सरकारले संसद् छलेर अध्यादेशकै बाटो रोज्नुको कारण माग गरेकी छन् ।
सरकारले सहकारीसम्बन्धी र संवैधानिक परिषद्सम्बन्धी दुई अध्यादेश जारी गर्नका लागि राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गरेको छ । यसबारे प्रश्न उठाउँदै ओलीले सरकारसँग जवाफ माग गरेकी हुन् ।
‘दुई तिहाइ नजिकको सरकारले वैशाख १७ गतेका लागि संसद अधिवेशन आह्वान गरेको थियो । तर, आह्वान गरेको भोलिपल्टै त्यसलाई स्थगन गर्ने निर्णय गरियो । आज संवैधानिक परिषद् र सहकारीसम्बन्धी दुई वटा अध्यादेश अघि बढाइएको भनि जानकारी आएको छ,’ उनले भनिन्, ‘जीवित संसद् हुँदाहुँदै अध्यादेशमार्फत अघि बढ्नु संसदीय अभ्यासमाथिको गम्भीर हमला हो । स्पष्ट बहुमत भएको सरकारलाई संसद छलेर अध्यादेशको बाटो रोज्नु पर्ने कारण के हो ?’
उनले संवैधानिक परिषद्जस्तो महत्त्वपूर्ण निकाय र सहकारीजस्तो जनजीवनसँग प्रत्यक्ष जोडिएको विषय संसद् छल्दै अध्यादेशमार्फत अघि बढाइनु उचित अभ्यास नभएको बताइन् ।
‘संवैधानिक परिषद् जस्तो महत्वपूर्ण निकाय र सहकारी क्षेत्रजस्तो जनजीवनसँग प्रत्यक्ष जोडिएको विषय संसद छल्दै अघि बढाइनु उचित अभ्यास होइन,’ उनले भनिन्, ‘प्रतिपक्षको हैसियतमा, संसद् निष्क्रिय बनाउने यस्ता प्रवृत्तिको म कडा विरोध गर्दै संसद सशक्तिकरणको माग गर्दछु ।’
प्रतिक्रिया 4