News Summary
Generated by OK AI. Editorially reviewed.- राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले अखिल नेपाल फुटबल संघ (एन्फा) को विवाद समाधानका लागि फिफा र एएफसीसँग प्रत्यक्ष बैठक गर्न प्रस्ताव गरेको छ।
- राखेप सदस्यसचिव रामचरित्र मेहताले फिफा र एएफसीलाई पत्र लेखेर मे ४ अगावै संयुक्त छलफल गर्ने तयारी गरेको जानकारी दिएका छन्।
- फिफा र एएफसीले मे ४ सम्म समस्या समाधान नभए एन्फाको निलम्बन प्रक्रिया थाल्ने चेतावनी दिइसकेको छ।
१५ वैशाख, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) को विवाद समाधानका लागि राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) र एसियन फुटबल महासंघ (एएफसी)सँग प्रत्यक्ष बैठक गर्न प्रस्ताव गरेको छ ।
एन्फा महासचिव किरण राईसँग भएको छलफलमा राखेप सदस्यसचिव रामचरित्र मेहताले प्रत्यक्ष बैठकको प्रस्ताव गरेका हुन् ।
बुधबार संयुक्त बैठकलाई लागि फिफा र एएफसीलाई पत्र लेख्ने राखेप सदस्य सचिव मेहताले जानकारी दिए । बैठकका लागि एन्फाले सहजीकरण गर्ने सहमति भएको उनले बताए ।
यसअघि फिफा–एएफसी–एन्फा र राखेपबीच भर्चुअल रुपमा छलफल भएको थियो । अर्ली इलेक्सन विवादका कारण एन्फालाई राखेपले चैत ११ मा तीन महिनाका लागि निलम्बन गरेको छ ।
फिफा र एएफसीले पत्र लेख्दै आगामी मे ४ सम्म एन्फाको समस्या समाधान नभए निलम्बनको प्रक्रिया थाल्ने चेतावनी दिइसकेको छ । मे ४ अगावै संयुक्त छलफल गर्ने राखेपको प्रस्ताव छ । एन्फा प्रवक्ता सुरेश शाहले पनि राखेपसँग छलफलकै क्रममा रहेको जानकारी दिए ।
प्रतिक्रिया 4