+

लिग–२ : ओमानविरुद्ध टस हारेर पहिला फिल्डिङ गर्दै नेपाल

२०८३ वैशाख  १६ गते ९:१७ २०८३ वैशाख १६ गते ९:१७
लिग–२ : ओमानविरुद्ध टस हारेर पहिला फिल्डिङ गर्दै नेपाल

News Summary

Generated by OK AI. Editorially reviewed.
  • आईसीसी विश्वकप लिग–२ क्रिकेटमा नेपालले ओमनविरुद्ध त्रिवि क्रिकेट मैदानमा फिल्डिङ गर्ने भएको छ।
  • ओमनका कप्तान जतिन्दर सिंहले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका छन्।
  • नेपालले यूएईसँगको पहिलो खेलबाट ललित राजवंशीको स्थानमा गुल्शन झा टोलीमा ल्याएको छ।

१६ वैशाख, काठमाडौं । आईसीसी विश्वकप लिग–२ क्रिकेटमा नेपालले ओमानविरुद्ध पहिला फिल्डिङ गर्ने भएको छ । त्रिवि क्रिकेट मैदानमा ओमानका कप्तान जतिन्दर सिंहले घरेलु टोलीविरुद्ध टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका हुन् ।

नेपालले यूएईसँगको पहिलो खेलबाट एक परिवर्तन गरेको छ । ललित राजवंशीको स्थानमा गुल्शन झा टोलीमा आएका छन् ।

पहिलो खेलमा नेपालले युएईलाई हराउँदा दोस्रो खेलमा युएईले ओमानलाई हराएको थियो ।

युएईविरुद्ध नेपालको प्लेइङ–११

रोहित पौडेल (कप्तान), दीपेन्द्रसिंह ऐरी (उपकप्तान), कुशल भुर्तेल, आसिफ शेख, भीम सार्की, आरिफ शेख, बसिर अहमद, सोमपाल कामी, सन्दीप लामिछाने, गुल्सन झा र करण केसी ।

आईसीसी विश्वकप क्रिकेट लिग–२ ओमन-नेपाल
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय