+
+
Shares

तिलोत्तमा नगरपालिकाले सञ्चालनमा ल्यायो सुपथ औषधि पसल

तिलोत्तमाको वडा नम्बर–५ मणिग्राममा सञ्चालित फार्मेसीको बुधबार नगरप्रमुख रामकृष्ण खाँणले उदघाटन गरेका हुन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख १६ गते १२:५०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • रुपन्देहीको तिलोत्तमा नगरपालिकाले सहुलियत दरमा औषधि उपलब्ध गराउन सुलभ फार्मेसी सञ्चालनमा ल्याएको छ।
  • फार्मेसीमा सेवाग्राहीले औषधिको अधिकतम खुद्रा मूल्यमा २५.१० प्रतिशत छुट पाउनेछन्।
  • नगरपालिकाले फार्मेसीका लागि बुट्स मेडिको प्रालिसँग ५ वर्षे सम्झौता गरेको छ र आगामी वर्ष प्याथोलोजी सेवा सञ्चालन गर्ने तयारीमा छ।

१६ वैशाख, बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले सहुलियत दरमा औषधि उपलब्ध गराउन औषधि पसल (सुलभ फार्मेसी ) सञ्चालनमा ल्याएको छ ।

तिलोत्तमाको वडा नम्बर–५ मणिग्राममा सञ्चालित फार्मेसीको बुधबार नगरप्रमुख रामकृष्ण खाँणले उदघाटन गरेका हुन् ।

फार्मेसीमा तिलोत्तमा नगरपालिका सँगै जुनसुकै ठाउँका सेवाग्राहीले औषधिको अधिकतम खुद्रा मूल्य (एमआरपी) मा २५.१० छुट पाउनेछन् ।

पालिकाद्धारा सञ्चालित औषधि पसल देशभरिका पालिकाहरूका लागि नमुना उदाहरण बन्ने प्रमुख खाँणले दाबी गरे ।

नगर प्रमुख खाँणले आउँदो वर्षदेखि पालिकाले प्याथोलोजी सेवा पनि सञ्चालन गर्ने तयारीमा रहेको बताए ।

नगरपालिकाले सेवाग्राहीलाई सहुलियत दिन सञ्चालनमा ल्याएको फार्मेसीका लागि बुट्स मेडिको प्रालिसँग ५ वर्षे सम्झौता गरेको छ ।

सम्झौता अनुसार फार्मेसी रहेको घरभाडा नगरपालिकाले वार्षिक २ लाख ५० हजार तिरिदिने छ भने, अन्य सबै छुट सेवा मेडिकोले उपलब्ध गराउने प्रमुख प्रशासकीय अधिकृत खुमलाल भुसालले बताए । फार्मेसीमा सबै देश र कम्पनीका औषधि उपलब्ध हुनेछन ।

नगरपालिकाका कार्यपालिका सदस्य सुरेन्द्र श्रीले दीर्घरोगी र नियमित औषधि सेवा गर्ने बिरामीलाई जोड दिए फार्मेसीको अवधारणा पालिकाले अघि सारेको बताए । यसले बजारका फार्मेसीबाट महँगो मूल्यमा औषधि किन्नुपर्ने बाध्यता हटाउन यसले सहयोग पुर्‍याउने विश्वास लिइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?