+
+
Shares

सुपथ मूल्यका पसल सञ्चालन गर्न विपक्षी दलको माग

विपक्षी दलहरूले महँगी बढेको भन्दै सुपथ मूल्य पसल सञ्चालन गर्न सरकारसँग माग गरेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख १७ गते १२:५४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • विपक्षी दलहरूले महँगी बढेको भन्दै सुपथ मूल्य पसल सञ्चालन गर्न सरकारसँग माग गरेका छन्।
  • नेकपा एमाले राष्ट्रिय सभा संसदीय दलका नेता प्रेमप्रसाद दंगालको अध्यक्षतामा विपक्षी दलको बैठक बसेको थियो।
  • बैठकले तत्काल महंगी र कालाबजारी नियन्त्रण गरी सार्वजनिक वितरण प्रणाली स्थापना गर्न माग गरेको छ।

१७ वैशाख, काठमाडौं । विपक्षी दलहरूले महँगी बढेको भन्दै सुपथ मूल्य पसल सञ्चालन गर्न सरकारसँग माग गरेका छन् । आज (बिहीबार) नेकपा एमाले राष्ट्रिय सभा संसदीय दलको नेता प्रेमप्रसाद दंगालको अध्यतामा बसेको विपक्षी दलको बैठकले महँगी नियन्त्रण गर्न माग गरेको हो ।

‘दैनिक उपभोग्य बस्तुहरु दाल, चामल, तरकारी, फलफूल, मरमसला, तेलसमेत भान्सामा प्रयोग हुने अन्य खाद्य सामाग्रीहरुको चरम मूल्य बृद्धि भएको छ । महँगीले आकाश छोएको छ,’ बैठकको निर्णयमा भनिएको छ,’त्यसैले तत्काल महंगी र कालाबजारी नियन्त्रण गरी गरिब, मजदुर, किसान र सिमान्तकृत समुदायका लागि सार्वजनिक वितरण प्रणाली स्थापना गरी सुपथमूल्यका पसलहरु संचालन गर्न माग गर्दछौं ।’

बैठकमा एमालेका दंगालसहित कांग्रेस संसदीय दलको प्रमुख सचेतक वासना थापा, नेकपाका प्रमुख सचेतक युवराज दुलाललगायत सहभागी थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?