News Summary
Generated by OK AI. Editorially reviewed.- विपक्षी तीन दलले सरकारले नीति तथा कार्यक्रम र बजेट तयारीमा विपक्षी दललाई पुरै बेवास्ता गरेको भन्दै आपत्ति जनाएका छन्।
- एमाले राष्ट्रिय सभा दलका नेता प्रेमप्रसाद दंगाल, कांग्रेस प्रमुख सचेतक वासना थापा र नेकपाका प्रमुख सचेतक युवराज दुलालले संयुक्त बैठकमा यस्तो बताएका छन्।
- बैठकको निर्णयमा नीति तथा कार्यक्रम र बजेट तयारीमा सबै पक्षका आवाज मुखरित हुने पारदर्शी र लोकतान्त्रिक तरिका अपनाउन जोडदार माग गरिएको छ।
१७ वैशाख, काठमाडौं । विपक्षी तीन दलले सरकारले यतिबेला नीति तथा कार्यक्रम र बजेटको तयारी गरिरहँदा विपक्षी दललाई बेवास्ता गरेको भन्दै आपत्ति जनाएका छन् ।
आज एमाले राष्ट्रिय सभा दलका नेता प्रेमप्रसाद दंगाल, कांग्रेस प्रमुख सचेतक वासना थापा र नेकपाका प्रमुख सचेतक युवराज दुलालसहितको संयुक्त बैठकले सरकारले बेवास्ता गरेकोमा ध्यानाकर्षण भएको बताएको हो ।
‘यतिबेला नीति तथा कार्यक्रम र बजेट तयारीको कार्य चलिरहेको छ । तर तयारीको यो प्रक्रियामा विपक्ष दलहरुलाई पुरै वेवास्ता गरिएको छ,’ बैठकको निर्णयमा भनिएको छ, ‘त्यसैले नीति तथा कार्यक्रम र बजेट तयारीमा सम्बद्ध सबै पक्षका आवाज मुखरित हुने गरी पारदर्शी र लोकतान्त्रिक तरिका अवलम्बन गर्न जोडदार माग गर्दछौं ।’
प्रतिक्रिया 4