१७ वैशाख, रुकुमपूर्व । रोल्पाको जलजला क्षेत्रमा तीर्थयात्री बोकेको जिप दुर्घटनामा परेको छ । भोलि लाग्ने वैशाखे पूर्णिमामा पूजा गर्न रुकुमपूर्वबाट तीर्थयात्री बोकेर गएको जिप रोल्पाको थवाङ गाउँपालिकामा पर्ने जलजला क्षेत्रमै दुर्घटनामा परेको हो ।
जीपमा १८ जना सवार रहेको पाइएको इलाका प्रहरी कार्यालय थवाङका प्रहरी निरीक्षक रामचन्द्र बागालेले जानकारी दिए ।
उनका अनुसार दुर्घटना भएको क्षेत्रमा भारी वर्षा भइरहेको छ । जसले उद्धार कार्यमा कठिनाइ भइरहेको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रमुख डीएसपी वीरेन्द्रवीर विश्वकर्माका अनुसार त्यहाँ प्रहरी टोली पुगिसकेको छ । जिप भिरबाट निकै तल खसेको छ, जिप खसेको ठाउँसम्म प्रहरी र उद्धार टोली अझै पुगिसकेको छैन ।
प्रतिक्रिया 4