+
+
Shares

कोठामा फर्किँदै गरेका युवकमाथि कुटपिट गर्ने २ जना पक्राउ

काठमाडौंको भगवतीबहालनजिकै आफ्नो कोठामा फर्किँदै गरेका व्यक्तिमाथि कुटपिट गर्ने २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख १७ गते १६:०१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • काठमाडौंको भगवतीबहालनजिकै सागर सुनारमाथि कुटपिट गर्ने विशाल तामाङ र होमबहादुर दर्लामीलाई प्रहरीले पक्राउ गरेको छ।
  • उनीहरूले बिहीबार बिहान ६ बजे सागरलाई बाटो छेकेर कुटपिट गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ।
  • सागर सुनार बाँकेको नेपालगञ्ज उपमहानगरपालिका-२ घर भएका हुन् र हाल काठमाडौं माछापोखरी बस्दै आएका छन्।

१७ वैशाख, काठमाडौं । काठमाडौंको भगवतीबहालनजिकै आफ्नो कोठामा फर्किँदै गरेका व्यक्तिमाथि कुटपिट गर्ने २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

बाँकेको नेपालगञ्ज उपमहानगरपालिका-२ घर भई हाल काठमाडौं माछापोखरी बस्ने सागर सुनारलाई हातपात गर्नेलाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा काभ्रे घर भई हाल काठमाडौंको गल्को पाखा बस्ने विशाल तामाङ र सिन्धुलीको हरिपुर गढी घर भई हाल काठमाडौंको ठमेलमा बस्दै आएका होमबहादुर दर्लामी छन् ।

उनीहरूले युवकमाथि आज बिहीबार बिहान ६ बजे ठमेलको भगवतीबहालनजिकै कुटपिट गरेका हुन् । डेरामा फर्किनेक्रममा उनीहरूले सागरलाई बाटो छेकेर कुटपिट गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?