+

विकास खड्काले कान्साइ चार्जर्सबाट जापान प्रिमियर लिग खेल्ने

२०८३ वैशाख  १७ गते १६:४५ २०८३ वैशाख १७ गते १६:४५
विकास खड्काले कान्साइ चार्जर्सबाट जापान प्रिमियर लिग खेल्ने

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली मूलका क्रिकेटर विकास खड्काले जापान प्रिमियर लिगमा कान्साइ चार्जर्सबाट खेल्ने भएका छन्।
  • विकासले जापानको कम्युनिटी कप ४० ओभर लिग क्रिकेटमा ३०९ रनको पारी खेलेका थिए।
  • जेपीएल प्रतियोगिता मे महिनाको गोल्डेन वीकमा तीन दिनसम्म सञ्चालन हुनेछ र फाइनल शीर्ष दुई टोलीबीच हुनेछ।

१७ वैशाख, काठमाडौं । नेपाली मूलका क्रिकेटर विकास खड्काले जापान प्रिमियर लिग (जेपीएल) मा कान्साइ चार्जर्सबाट खेल्ने भएका छन् ।

२० वर्षीय विकासले केही दिनअघि जापानको कम्युनिटी कप ४० ओभर लिग क्रिकेटको एक खेलमा ३०९ रनको पारी खेलेका थिए । त्यही उत्कृष्ट प्रदर्शनपछि उनी टोलीमा छनोट भएका हुन् ।

उनको यो अवसर मेहनत, समर्पण र निरन्तर प्रदर्शनको परिणाम भएको बताइएको छ ।

यसअघि नेपाली राष्ट्रिय टोलीका अलराउन्डर करण केसी पनि कान्साई चार्जर्समा अनुबन्ध भएका थिए । यद्यपी उनले पछि नाम फिर्ता लिएका थिए ।

जापानको उच्च स्तरको घरेलु टी–२० प्रतियोगिता जेपीएलमा पूर्व, पश्चिम, दक्षिण र उत्तर कान्टो तथा कान्साई क्षेत्रका प्रतिनिधि टोलीहरू सहभागी हुन्छन्।

प्रतियोगिता मे महिनामा पर्ने ‘गोल्डेन वीक’ का अवसरमा सानो अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा तीन दिनसम्म सञ्चालन हुन्छ।

प्रतियोगितामा प्रत्येक टोलीले एकअर्कासँग एक–एक खेल खेल्नेछन् भने शीर्ष दुई टोलीबीच फाइनल हुनेछ।

विकास खड्का सैतामा रोयल्स क्रिकेट क्लब

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय