News Summary
Generated by OK AI. Editorially reviewed.- जापानमा जारी कम्युनिटी कप ४० ओभर लिग क्रिकेटमा विकास खड्काले अविजित ३०९ रन बना ।
- सैतामा रोयल्सले ४० ओभरमा ८ विकेट गुमाउँदै ५११ रन बनाएर टोकियो डेयरडेभिल्सलाई १३० रनमै अलआउट गरायो ।
- सैतामा रोयल्सले ठूलो अन्तरले जित दर्ता गर्दै कम्युनिटी कपमा उत्कृष्ट प्रदर्शन गरेको छ ।
६ वैशाख, काठमाडौं । जापानमा जारी कम्युनिटी कप ४० ओभर लिग क्रिकेटमा नेपाली मूलका खेलाडी विकास खड्काले ऐतिहासिक प्रदर्शन गरेका छन् ।
सानो क्रिकेट ग्राउन्डमा भएको खेलमा सैतामा रोयल्स क्रिकेट क्लबका २० वर्षीय खेलाडी विकासले अविजित ३०९ रन बनाउँदै जापान क्रिकेट इतिहासकै उच्च व्यक्तिगत स्कोर कायम गरेका हुन् । उनले १२९ बलमा २५ चौका र २९ छक्का प्रहार गरे ।
विकासको उत्कृष्ट इनिङ्समा सैतामाले ४० ओभरमा ८ विकेट गुमाउँदै ५११ रनको विशाल योगफल तयार गर्यो । टिमका लागि शाका मोहम्मदले ६८ रन बनाए भने सिद्धार्थ खड्काले १९ रन जोडे ।
५१२ रनको लक्ष्य पछ्याएको टोकियो डेयरडेभिल्स २०.१ ओभरमा १३० रनमै अलआउट भयो ।
यस जितसँगै सैतामा रोयल्सले शानदार प्रदर्शन गर्दै ठूलो अन्तरको जित दर्ता गरेको छ ।
प्रतिक्रिया 4