+
+
Shares

बुद्ध सम्झँदै बालेनले भने- साँचो क्रान्ति ज्ञानबाट सुरु हुन्छ

बुद्धको जन्मले नेपाल भूमि सदैव अहिंसा र शान्तिको पक्षमा रहेको पनि प्रधानमन्त्री शाहको तर्क छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख १८ गते १०:३२
Listen News
0:00
0:30
🔊

News Summary

Generated by OK AI. Editorially reviewed.
  • प्रधानमन्त्री वालेन्द्र शाहले बुद्ध जयन्तीको अवसरमा दुःख निवारणको बाटो देखाउने बुद्धका चार आर्य सत्यलाई स्मरण गर्दै विश्वशान्तिको कामना गरेका छन् ।
  • प्रधानमन्त्री शाहले बुद्धको जन्मले नेपाल भूमि सदैव अहिंसा र शान्तिको पक्षमा रहेको र साँचो क्रान्ति ज्ञबाट सुरु हुने बताएका छन् ।
  • बुद्धको जन्मले नेपाल भूमि सदैव अहिंसा र शान्तिको पक्षमा रहेको पनि प्रधानमन्त्री शाहको तर्क छ ।

१९ वैशाख, काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले शान्तिका अग्रदूत गौतम बुद्धको जन्मजयन्तीको अवसरमा सम्पूर्णमा प्रज्ञामय शुभकामना व्यक्त गर्दै विश्वशान्तिको कामना गरेका छन्।

बुद्ध जयन्तीको अवसरमा सामाजिक सञ्जाल फेसबुकमा प्रधानमन्त्री शाहले बुद्धले देखाएको बाटो दुःख निवारणको बाटो भएको बताएका हुन्।

उनले बुद्धका चार आर्य सत्यलाई स्मरण गर्दै भनेका छन्, ‘बुद्धले भन्नुभयो- दुःख छ, दुःखको कारण छ, दुःखको निवारण छ र दुःख निवारण गर्ने मार्ग छ। हाम्रो यात्रा त्यस्तै ज्ञानको उज्यालोको खोजमा र समस्या निवारणको मार्गमा हुनुपर्छ।’

अँध्यारोलाई उज्यालोको अभावको संज्ञा दिँदै प्रधानमन्त्री शाहले उज्यालोको किरणले पाइला टेक्नासाथ अँध्यारो स्वतः बिलाएर जाने भन्दै ज्ञानको महत्त्वमा जोड दिएका छन्।

बुद्धको जन्मले नेपाल भूमि सदैव अहिंसा र शान्तिको पक्षमा रहेको पनि प्रधानमन्त्री शाहको तर्क छ ।

प्रधानमन्त्री शाहको सन्देशमा क्रान्तिको परम्परागत भाष्यलाई प्रतीकात्मक रूपमा चिर्ने प्रयास गरिएको छ। उनले भनेका छन्, ‘साँचो क्रान्ति ‘क’ बाट होइन ‘ज्ञ’ बाट सुरु हुन्छ, र त्यो ‘ज्ञ’ ज्ञान हो।’

बुद्धको प्रसिद्ध उपदेश ‘अप्प दीपो भवः’ (आफ्नो बत्ती आफैँ बन अर्थात् आफ्नो बाटो आफैँ तय गर) उल्लेख गर्दै प्रधानमन्त्री शाहले सबैलाई शुभकामना दिएका छन् ।

के छ प्रधानमन्त्री शाहको सन्देशमाः

बुद्धले भन्नुभयो- “दुःख छ, दुःखको कारण छ, दुःखको निवारण छ, दुःख निवारण गर्ने मार्ग छ।”

बुद्धले देखाउनुभएको बाटो दुःख निवारणको बाटो हो। उज्यालोको अभाव नै अँध्यारो हो; जतिबेला उज्यालोको किरणले पाइला टेक्छ, अँध्यारो स्वतः बिलाएर जान्छ। हाम्रो यात्रा त्यस्तै ज्ञानको उज्यालोको खोजमा हुनुपर्छ, समस्या निवारणको मार्गमा हुनुपर्छ।

शान्तिका सर्वकालीन महान् प्रवर्तक बुद्धको जन्मजयन्तीको अवसरमा विश्वशान्तिको कामना गर्दछु। बुद्धको जन्मले धन्य हाम्रो नेपाल भूमि सदैव अहिंसा र शान्तिको पक्षमा छ।

साँचो क्रान्ति ‘क’ बाट होइन ‘ज्ञ’ बाट शुरू हुन्छ, र त्यो “ज्ञ” ज्ञान हो ।

बुद्ध जयन्तीको सुअवसरमा सम्पूर्णमा प्रज्ञामय शुभकामना।

अप्प दीपो भवः।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?