+
+
Shares

‘लुटतन्त्र’ सच्याउने मोडमा छौं, इमानदार व्यवसायी डराउन पर्दैन : अर्थमन्त्री वाग्ले

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख १८ गते १२:३५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले मुलुकको अर्थतन्त्रमा रहेको ‘नीतिगत कब्जा’ र ‘लुटतन्त्र’ अन्त्य गर्दै सुशासन कायम गर्ने सरकारको मुख्य लक्ष्य रहेको बताए।
  • सरकारले सुशासनलाई म्याक्रो र माइक्रो दुई तहमा विभाजन गरेर सुधारका काम अगाडि बढाएको अर्थमन्त्री वाग्लेले स्पष्ट पारे।
  • अर्थमन्त्री वाग्लेले निजी क्षेत्रलाई ७० खर्बभन्दा ठूलो अर्थतन्त्रको संवाहक र ७ प्रतिशतको आर्थिक वृद्धिको मुख्य सारथी भएको बताए।

१८ वैशाख, काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले मुलुकको अर्थतन्त्रमा रहेको ‘नीतिगत कब्जा’ र ‘लुटतन्त्र’ अन्त्य गर्दै सुशासन कायम गर्ने सरकारको मुख्य लक्ष्य रहेको बताएका छन् ।

आर्थिक पत्रकार समाज (सेजन) ले राजधानीमा आयोजना गरेको एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले सरकार सुशासनको मामिलामा निर्मम हुने बताए । सरकारले सुशासनलाई म्याक्रो र माइक्रो दुई तहमा विभाजन गरेर सुधारका काम अगाडि बढाएको स्पष्ट पारे ।

‘हामीले  सुशासन भनेका छौं । सुशासनलाई पनि टुक्याएर म्याक्रो र माइक्रो दुइटैमा छ । म्याक्रो भनेको यो नीतिगत कब्जा, संस्थागत कब्जा जुन असाध्यै यो क्लेप्टोक्रेसीमा हामी थियौं, यो लुटतन्त्रमा जुन हामी थियौं, त्यसलाई हामी सच्याउने मोडमा छौं,’ अर्थमन्त्री वाग्लेले भने ।

माइक्रो सुशासन अन्तर्गत आम जनताले पाउने सेवा प्रवाहमा सुधार गर्ने, सरकारी अड्डामा लाइन बस्नु नपर्ने, घुस खुवाउनु नपर्ने र हात–हातकै फोनबाट डिजिटल माध्यमबाट सेवा पाउने सुनिश्चितता गर्न सरकार लागेको अर्थमन्त्री वाग्लेको भनाइ थियो ।

अपराध गर्नेहरूलाई पक्राउ गर्दा मनोबल खस्कियो भनेर निजी क्षेत्रले भन्न नहुने समेत बताए । मन्त्री वाग्लेले इमान्दार व्यवसायीहरूलाई नतर्सिन आग्रह पनि गरे ।

‘गल्ती नगरेका र दु:ख गरेर कमाउने, कर तिर्ने र रोजगारी सिर्जना गर्ने उद्यमीहरू आत्तिनुपर्ने छैन,’ मन्त्री वाग्लेले भने, ‘तर उद्यमीको आवरणमा अपराध गर्ने र ‘क्रिमिनल’ भएर हिँड्नेहरूले भने उन्मुक्ति पाउने छैनन्, उनीहरू डराए हुन्छ ।’

उहाँले निजी क्षेत्रलाई ७० खर्बभन्दा ठूलो अर्थतन्त्रको संवाहक र ७ प्रतिशतको आर्थिक वृद्धिको मुख्य सारथीका भएको समेत बताउनु भयो ।

अर्थमन्त्री वाग्लेले नेपालको कतिपय कानूनी व्यवस्थाले इमान्दार व्यवसायीलाई समेत बेइमान बनाउने खालको रहेको स्वीकार गर्दै मन्त्री वाग्लेले त्यसमा सुधार गरिने प्रतिबद्धता व्यक्त गरे ।

भारतमा नितिन गडकरीले पूर्वाधार क्षेत्रमा गरेको चमत्कारलाई अनुकरण गर्दै नेपालमा पनि ‘प्राइभेट्ली फाइनान्स्ड इन्फ्रास्ट्रक्चर’ को मोडलमा जानुपर्ने र त्यसैअनुसार अब सरका अघि बढ्ने उनको भनाइ थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?