+
+
Shares

‘क्लियोपेट्रा अवतार’ मा रविनाले मनाइन् जन्मदिन

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख १८ गते १४:४५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सेलिब्रेटी ब्यांकर रविना देशराज जोशीले 'एन्सियन्ट इजिप्ट' थिममा भव्य जन्मदिन मनाएकी छन्।
  • कार्यक्रममा उनका पति स्टुअर्ट चपम्यान, छोरा आशिरमान जोशी र अभिनेत्री परमिता राणा सहभागी थिए।
  • परमिताले सामाजिक सञ्जालमा पार्टीको भिडियो सेयर गर्दै 'रविना देशराज मामुको प्राचीन इजिप्ट थिममा मनाइएको बर्थडे पार्टी निकै भव्य रह्यो' लेखेकी छन्।

काठमाडौं । सेलिब्रेटी ब्यांकर तथा इन्फ्लुएन्सर रविना देशराज जोशीले ‘एन्सियन्ट इजिप्ट’ थिममा भव्य रूपमा जन्मदिन मनाएकी छन् । कार्यक्रममा उनका पति स्टुअर्ट चपम्यान, छोरा तथा अभिनेता आशिरमान जोशी र अभिनेत्री परमिता राणा सहभागी थिए ।

सेलिब्रेसनमा सबैजना इजिप्टका राजारानी र दरबारका पात्रजस्तै पहिरनमा देखिए । परमिताले सामाजिक सञ्जालमा भिडियो सेयर गर्दै लेखेकी छन्, ‘रविना देशराज मामुको प्राचीन इजिप्ट थिममा मनाइएको बर्थडे पार्टी निकै भव्य रह्यो ।’

सेयर गरिएको भिडियोमा पार्टीको आकर्षक झल्को देखिन्छ । रविना क्लियोपेट्रा शैलीको इजिप्सियन रानीको अवतारमा देखिएकी छन् । कालो पोशाक, सुनौलो गहना र हेडड्रेसले उनको लुक झन् आकर्षक बनाएको छ ।

स्टुअर्ट फराओ शैलीको मुकुट र लठ्ठीसहित राजसी देखिन्छन् भने आशिरमानले इजिप्सियन योद्धा जस्तो पोशाक लगाएका छन् । परमिता पनि रानीकै शैलीमा सजिएकी छन् । एक भिडियोमा स्टुअर्टले रविनालाई अंगुर खुवाइरहेको दृश्य छ भने परमिता भुइँमा बसेर रमाइलो शैलीमा प्रस्तुत भएकी देखिन्छिन् । उक्त प्रस्तुति दर्शकका लागि रोचक बनेको छ ।

मेकअप आर्टिस्ट सोफी सुनुवारले रविनाको लुकलाई ‘क्लियोपेट्राजस्तै’ भन्दै प्रशंसा गरेकी छन् । परमिताले अर्को भिडियोमा ‘डार्क हर्सेस’ क्याप्सनसहित चारै जनाको झल्को पनि सेयर गरेकी छन् ।

रविनाले केही वर्षअघि स्टुअर्टसँग विवाह गरेकी हुन् । उनीहरूले सामाजिक सञ्जालमा आफ्ना घुमघाम र पारिवारिक क्षण नियमित सेयर गर्दै आएका छन् । परमिता पछिल्लो समय मुम्बईमा ‘पिंकभिल्ला’सँग आबद्ध रहेकी छन् ।

आशिरमानले हेमराज बीसी निर्देशित फिल्म ‘ग्याङस्टर ब्लूज’बाट अभिनय यात्रा सुरु गरेका हुन् । उनी अभिनित पछिल्लो फिल्म ‘द ब्रेकअप’ सन् २०१९ मा प्रदर्शनमा आएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?