News Summary
Generated by OK AI. Editorially reviewed.- विदेशस्थित नेपाली दूतावासहरूले साप्ताहिक रूपमा फेसबुक तथा टिकटक लाइभ कार्यक्रम सञ्चालन गर्ने भएका छन्।
- श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामजी यादवले १३७औं अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा यस्तो व्यवस्था मिलाइएको बताए।
- मलेसिया, साउदी अरब लगायत देशस्थित दूतावासले नियमित फेसबुक लाइभ गर्दै आएका छन् र अब सबै दूतावासमा सातामा एक पटक लाइभ कार्यक्रम हुनेछ।
१८ वैशाख, काठमाडौं । विदेशस्थित नेपाली दूतावासहरूले साप्ताहिक रूपमा फेसबुक तथा टिकटक लाइभ गर्ने भएका छन् ।
विदेशमा रहेका नेपाली श्रमिकसँग प्रत्यक्ष संवाद, सूचना प्रवाह र समस्या समाधान प्रभावकारी बनाउन नेपाली दूतावासहरूले फेसबुक तथा टिकटक मार्फत लाइन गर्ने भएका हुन् ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामजी यादवले १३७औं अन्तर्राष्ट्रिय श्रमिक दिवसको शुभकामना व्यक्त गर्दै यस्तो व्यवस्था मिलाइएको बताए ।
मलेसिया, साउदी अरब लगायत देशस्थित नेपाली दूतावासले भने नियमित फेसबुक लाइभ गर्दै आएका छन् । तर, अबदेखि विदेशस्थित नेपाली दूतावासमा रहेका श्रम सहचारी, कन्सुलरबाट सातामा एक पटक फेसबुक/टिकटक लाइभ कार्यक्रम सञ्चालन गरिने भएको हो ।
‘अब तपाईंहरू जहाँ हुनुहुन्छ, सरकार तपाईंसँगै छ’ भावसहित सरकारले उक्त योजना अघि बढाएको मन्त्री यादवको भनाइ छ ।
प्रतिक्रिया 4