+
+
Shares

सिरहा बम विस्फोट घटनाका अभियुक्त कारागार चलान  

सुखिपुर नगरपालिका-३ लक्ष्मिनिया टोल बस्ने यादव सोही ल फर्ममा कार्यरत कर्मचारी हुन् ।

रासस रासस
२०८३ वैशाख १८ गते १६:४४
प्रतीकात्मक तस्वीर

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सिरहा जिल्ला अदालतले प्रेसर कुकर बम विस्फोट घटनाका अभियुक्त गुमस्ताकुमार यादवलाई पुर्पक्षका लागि कारागार पठाउने आदेश दिएको छ।
  • गुमस्ताकुमार यादवलाई गत चैत २७ गते सिरहा नगरपालिका-१ स्थित बार एसोसिएसन भवनमा भएको विस्फोटमा संलग्न भएको आरोपमा पक्राउ गरिएको थियो।
  • जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी रमेशबहादुर पालले यादवलाई अदालतको आदेशअनुसार कारागार चलान गरिएको जानकारी दिए।

१८ वैशाख, सिरहा । सिरहा जिल्ला अदालत बार एसोसिएसनको भवनमा भएको प्रेसर कुकर बम विस्फोट घटनाका अभियुक्तलाई अदालतले पुर्पक्षका लागि कारागार पठाउने आदेश दिएको छ ।

जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार सिरहा नगरपालिका-१ स्थित बार एसोसिएसनको भुइँ तलामा रहेको ‘कामधेनु ल फर्म’ भित्र भएको विस्फोटमा संलग्न रहेको आरोपमा पक्राउ परेका २९ वर्षीय गुमस्ताकुमार यादवलाई कारागार चलान गरिएको हो ।

सुखिपुर नगरपालिका-३ लक्ष्मिनिया टोल बस्ने यादव सोही ल फर्ममा कार्यरत कर्मचारी हुन् ।

गत २७ चैतमा  भएको उक्त विस्फोटको घटनापश्चात् प्रहरीले सूक्ष्म अनुसन्धान अघि बढाएको थियो ।

अनुसन्धान पूरा गरी जिल्ला अदालत सिरहामा पेस गरिएका यादवलाई अदालतको आदेशानुसार बिहीबार पुर्पक्षका लागि कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक रमेशबहादुर पालले जानकारी दिए ।

लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?