News Summary
Generated by OK AI. Editorially reviewed.- काठमाडौंको विभिन्न स्थानबाट पेस्तोल १ थान, म्याग्जिन ३ थान, गोली ६ राउन्ड र ट्रामाडोल १६ हजार ७ सय ५० ट्याब्लेटसहित चार जना पक्राउ परेका छन्।
- पक्राउ पर्नेहरूमा बूढानीलकण्ठ नगरपालिका–५ का २३ वर्षीय कबिर देउला, ४२ वर्षीया सबिना पोडे, २६ वर्षीय सन्सार सिटौला र ललितपुर गोदावरी नगरपालिका–११ का २६ वर्षीय सुवास शाही रहेका छन्।
- लागुऔषध नियन्त्रण ब्युरो कोटेश्वरबाट खटिएको प्रहरीले उनीहरूलाई हातहतियार र लागुऔषध सहित पक्राउ गरेको छ र आवश्यक अनुसन्धान गरिरहेको छ।
१८ वैशाख, काठमाडौं । पेस्तोल र लागुऔषधसहित चार जना पक्राउ परेका छन् ।
काठमाडौंको विभिन्न स्थानबाट पेस्तोल १ थान, सोही पेस्तोलको म्याग्जिन ३ थान, सोही पेस्तोलको गोली ४ राउन्ड, एसएलआर हतियारको गोली २ राउन्ड र नियन्त्रित लागुऔषध ट्रामाडोल १६ हजार ७ सय ५० ट्याब्लेट सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा बूढानीलकण्ठ नगरपालिका–५ बस्ने २३ वर्षीय कबिर देउला, ४२ वर्षीया सबिना पोडे, २६ वर्षीय सन्सार सिटौला र ललितपुर गोदावरी नगरपालिका–११ बस्ने २६ वर्षीय सुवास शाही रहेका छन् ।
लागुऔषध नियन्त्रण ब्युरो कोटेश्वरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त हातहतियार र लागुऔषध सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4