+

तिलिचो तालमा आयोजना गरिएको रेस्लिङ ‘वर्ल्ड बुक अफ रेकर्ड्स’ मा

२०८३ वैशाख  १८ गते २०:५८ २०८३ वैशाख १८ गते २०:५८
तिलिचो तालमा आयोजना गरिएको रेस्लिङ ‘वर्ल्ड बुक अफ रेकर्ड्स’ मा

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल महिला रेस्लिङ फाउन्डेसनले मनाङको तिलिचो तालमा आयोजना गरेको रेस्लिङ म्याचलाई वर्ल्ड बुक अफ रेकर्ड्स लन्डनमा समावेश गरेको छ।
  • नोभेम्बर २६ मा तिलिचोमा भएको रेस्लिङमा भगवती खड्का र अस्मिता सुनारले अमेरिकी रेस्लर क्यामिल लिगनलाई पराजित गरे।
  • पूर्व उपसभामुख इन्दिरा रानाले भगवती र अस्मितालाई प्रमाण पत्र प्रदान गर्नुभएको छ।

१८ वैशाख, काठमाडौं । नेपाल महिला रेस्लिङ फाउन्डेसनले मनाङको तिलिचो तालमा आयोजना गरेको रेस्लिङ म्याचलाई वर्ल्ड बुक अफ रेकर्ड्स लन्डनमा समावेश गरेको छ ।

४ हजार ९ सय १९ मिटर उचाइमा अवस्थित ‘हायेस्ट अल्टिच्युट लेक’ तिलिचोमा आयोजना गरिएको रेस्लिङलाई वर्ल्ड बुक अफ रेकर्ड्समा समावेश गरिएको हो ।

गत नोभेम्बर २६ तारिखमा तिलिचोमा भएको रेस्लिङमा नेपालबाट भगवती खड्का (युनिका) र अस्मिता सुनार (जुरेली) ले अमेरिकी रेस्लर क्यामिल लिगन (होलीडेड) सँग प्रतिस्पर्धा गरेका थिए ।

त्यसमा भगवती र अस्मिता विजयी भएका थिए । पूर्व उपसभामुख इन्दिरा रानाले भगवती र अस्मितालाई सोको प्रमाण पत्र एक कार्यक्रमबीच प्रदान गरिन् ।

नेपाल महिला रेस्लिङ फाउन्डेसनमा भगवती अध्यक्ष र अस्मिता कोषाध्यक्षको जिम्मेवारीमा पनि छन् । विभिन्न घरेलु तथा अन्तर्राष्ट्रिय रेस्लिङ प्रतियोगिता आयोजना गर्दै आएको फाउन्डेसनले यसअघि विश्वकै अग्लो स्थानमा रेस्लिङ खेलेर कीर्तिमान कायम गर्ने उद्देश्यले सोलुखुम्बुको खुम्बु गाउँपालिकास्थित ५ हजार ६ सय ३३ मिटरको उचाइमा रहेको कालापत्थर मैत्रीपूर्ण रेस्लिङ पनि आयोजना गरेको थियो ।

एभरेष्ट दिवसका अवसरमा आयोजित मैत्रीपूर्ण रेस्लिङमा भगवतीले अमेरिकी रेस्लर डानियल मोरिसन (डानी मो) लाई पराजित गरेकी थिइन् । अस्मिताले निर्णायकको भूमिका निर्वाह गरेकी थिइन् ।

वर्ल्ड बुक अफ रेकर्ड
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय