+
+
Shares

विद्यालयको स्वर्ण जयन्तीमा योगदान गर्नेहरुलाई सम्मान

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख १९ गते १३:३७

१९ वैशाख, जनकपुरधाम । धनुषाको बटेश्वर गाउँपालिका–१, चित्रपुरस्थित लक्ष्मी माध्यमिक विद्यालयले ५० औँ वर्ष पूरा गरेको अवसरमा आफ्नो स्वर्ण जयन्ती मनाएको छ । सो अवसरमा विद्यालयमा योगदान गर्नेहरुलाई सम्मान गरिएको छ ।

विद्यालयका २०६७ देखि २०८२ सालसम्मका एसएलसी तथा एसईई उत्तीर्ण पूर्व विद्यार्थीहरू, पूर्व विद्यालय व्यवस्थापन समिति, शिक्षक तथा नागरिक समाज र आर्थिक सहयोग प्रदान गरेका व्यक्तिहरूलाई दोसल्ला तथा प्रमाणपत्र प्रदान गरी विद्यालयले सम्मान गरेको हो ।

समारोहमा प्रतिनिधि सभा सदस्य राजकिशोर महतो, प्रदेश सभा सदस्य द्वय हरिनारायण महतो र शारदा पहाडी, गाउँपालिका अध्यक्ष रामअशिष महतोले सम्मानित हुनेहरुलाई दोसल्ला ओढाउनुको साथै सम्मानपत्र हस्तान्तरण गरेका थिए ।

समारोहमा प्रतिनिधि सभा सदस्य राजकिशोर महतोले शिक्षा नै समृद्ध समाज निर्माणको मुख्य आधार भएको बताए । ग्रामीण क्षेत्रमा रहेको यस विद्यालयले पाँच दशकसम्म निरन्तर शैक्षिक सेवा प्रदान गर्नु गौरवको विषय भएको बताउँदै उनले अबको समय गुणस्तरीय, व्यवहारिक र प्रविधिमैत्री शिक्षामा जोड दिनुपर्ने बताए ।

विद्यालयको भौतिक तथा शैक्षिक विकासका लागि आफ्नोतर्फबाट आवश्यक सहयोग रहने उनको प्रतिबद्धता थियो ।

विद्यालयका प्रधानाध्यापक अशोकुमार ठाकुरले वि.सं. २०३२ सालमा स्थापना भएको यस विद्यालयले माध्यमिक तहसम्मको शिक्षा प्रदान गर्दै आएको उल्लेख गर्दै ५० वर्षको गौरवमय यात्रा पूरा गर्दा विद्यालयले हजारौँ दक्ष जनशक्ति उत्पादन गरिसकेको बताए ।

कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, शिक्षक, अभिभावक, पूर्व विद्यार्थी तथा नागरिक समाजलगायतको सहभागिता रहेको थियो । विद्यार्थीहरुले सांस्कृतिक कार्यक्रम पनि प्रस्तुत गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?