News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल सुनचाँदी व्यवसायी महासंघले आइतबार सुनको भाउ प्रतितोला २ लाख ९५ हजार १ सय रुपैयाँ तोकेको छ।
- सुनको भाउ अघिल्लो दिनको तुलनामा १ हजार रुपैयाँ घटेको छ।
- चाँदीको भाउ आइतबार प्रतितोला ६५ रुपैयाँ बढेर ५ हजार १० रुपैयाँ पुगेको छ।
२० वैशाख, काठमाडौं । आइतबार सुनको भाउ घटेको छ भने चाँदी बढेको छ । सुनको भाउ तोलामा १ हजार रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि सुनको भाउ प्रतितोला २ लाख ९५ हजार १ सय रुपैयाँ तोकेको छ ।
अघिल्लो दिन २ लाख ९६ हजार १ सय रुपैयाँमा सुनको कारोबार भएको थियो । त्यस्तै गत आइतबार २ लाख ९९ हजार २ सय रुपैयाँमा सुनको कारोबार भएको थियो ।
त्यस्तै चाँदीको भाउ आज तोलामा ६५ रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला ४ हजार ९४५ रुपैयाँमा कारोबार भएको चाँदी आज ५ हजार १० रुपैयाँ पुगेको छ । गत आइतबार चाँदी प्रतितोला ४ हजार ९९५ रुपैयाँमा कारोबार भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4