+
+
Shares

अध्यादेश फिर्ता गर्दा राष्ट्रपतिको सन्देश– ‘बहुमतीय प्रणालीलाई जीवन्त र निरन्तर राख्नुपर्छ’

अहिले संवैधानिक पदाधिकारीहरूको नियुक्ति र निर्णयका लागि संवैधानिक परिषद्को विद्यमान ऐनले नै काम गर्ने बुझाइ राष्ट्रपतिको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख २० गते २१:५२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक परिषद् सम्बन्धी अध्यादेश पुनर्विचारका लागि फिर्ता पठाउनु भएको छ।
  • राष्ट्रपतिले अध्यादेशले कूल संरचनाको बहुमत प्रतिनिधित्व नगरेको र बहुमतीय प्रणालीलाई जीवन्त राख्नुपर्ने बताउनुभयो।
  • सर्वोच्च अदालतको आदेशलाई दृष्टिगत गरी संवैधानिक परिषद्को विद्यमान ऐनले काम गर्ने राष्ट्रपतिको बुझाइ छ।

२० वैशाख, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक परिषद् सम्बन्धी अध्यादेशले कूल संरचनाको बहुमत प्रतिनिधित्व नगरेकोले पुनर्विचारका लागि फिर्ता गरेका छन्  । उनले बुहमतीय प्रणालीलाई जीवन्त र निरन्तर राखिराख्नु पर्ने भन्दै अध्यादेश फिर्ता गरेका हुन् ।

‘संवैधानिक परिषद्को कूल संरचनाको बहुमतलाई प्रतिनिधित्व नगरेको देखिएको हुँदा बहुमतीय प्रणालीलाई जीवन्त र निरन्तर राखिराख्न सर्वोच्च अदालतको पूर्ण इजलासको आदेशलाई समेत दृष्टिगत गरी अध्यादेशको विषयवस्तुका सम्बन्धमा पुनर्विचार गर्न फिर्ता पठाइएको छ,’ राष्ट्रपतिले अध्यादेश फिर्ता पठाउँदा दिएको सन्देशमा छ ।

राष्ट्रपतिले पौडेलले अध्यादेश प्रतिस्थापन विधेयकबाट पारित नभए वा निष्क्रिय भएको अवस्थामा कानुनी शून्यतामा जान्छ भन्ने सरकारका मन्त्रीहरू र कतिपय कानुन व्यवसायीहरूका तर्कहरूलाई पनि इंगित गर्दै सर्वोच्च अदालतको यसअघिको नजीरलाई स्मरण गराएका छन् ।

सर्वोच्चले  अध्यादेश निष्क्रिय रहेको अवस्थामा पुरानै ऐनले काम गर्ने खालको आदेश यसअघि गरेको थियो । त्यसैले अहिले संवैधानिक पदाधिकारीहरूको नियुक्ति र निर्णयका लागि संवैधानिक परिषद्को विद्यमान ऐनले नै काम गर्ने बुझाइ राष्ट्रपतिको छ ।

राष्ट्रपति पौडेलले अध्यादेश फिर्ता गर्दा विधेयकमा संसद्‌बाट पारित भएर आएको विधेयक किन फिर्ता पठाएको थियो भन्ने स्मरण गराएका छन् ।

‘प्रमाणीकरणका लागि पेश विधेयक संविधानको धारा २८४ को भावना मर्व एवं विश्वव्यापी लोकतान्त्रिक अभ्यास र मान्यता अनुकूल नदेखिएकोले संवैधानिक परिषद्को उल्लेखित कूल संख्याको सर्वसम्मतिबाटै सिफारिस र निर्णय हुनुपर्ने कथंकदाचित सर्वसम्मति हुन नसके कुनै तरहले कूल संख्याको बहुमत ओझेलमा पर्न हुँदैन र बहुमतको  आधार नै निर्णयको अन्तिम आधारस्तम्भ मानिनुपर्ने लगायतका सन्देशसहित सम्मानिन संसद्मा उक्त विधेयक फिर्ता भएको’ राष्ट्रपतिले स्मरण गराएका छन् ।

सुशीला कार्की नेतृत्वको सरकारले पनि अध्यादेशमा सोही विषय समावेश गरेको र उक्त सिफारिस बमोजिम अध्यादेश जारी नभएको राष्ट्रपतिले उल्लेख गरेका छन् । अहिले फेरि त्यही व्यहोराको अध्यादेश आएकोले त्यसले बहुमतीय प्रणाली एवं विश्वव्यापी लोकतान्त्रिक मूल्यमान्यताको प्रतिनिधित्व नगर्ने धारणा राष्ट्रपतिको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?