+

लिग २ शृंखला : नेपाल र ओमानबीचको खेलअघि क्यानले घटायो टिकट मूल्य

२०८३ वैशाख  २१ गते ११:०२ २०८३ वैशाख २१ गते ११:०२
लिग २ शृंखला : नेपाल र ओमानबीचको खेलअघि क्यानले घटायो टिकट मूल्य

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल क्रिकेट संघ (क्यान)ले आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत ओमानसँगको खेलका लागि टिकट मूल्य ४०० बाट २०० रुपैयाँमा घटाएको छ।
  • टिकट मूल्य धेरै भएको कारण दर्शक संख्या न्युन भएपछि क्यानले टिकट मूल्य समायोजन गरेको हो।
  • क्यानले आगामी शृंखलाका लागि टिकट मूल्य समायोजन गर्ने कि नगर्ने बारे कुनै जानकारी दिएको छैन।

२१ वैशाख, काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत नेपालमा भइरहेको शृंखलाअन्तर्गत नेपाल र ओमानबीचको अन्तिम खेलअघि नेपाल क्रिकेट संघ (क्यान) ले टिकट मूल्य समायोजन गरेको छ ।

क्यानले सामाजिक सञ्जालमा पोस्ट राख्दै ओमानसँगको खेलका लागि टिकट मूल्य घटाएर २०० रुपैयाँ तोकेको हो । यसअघि नेपालको खेलका लागि ४०० तथा बाँकी खेलका लागि १०० रुपैयाँ टिकट मूल्य तोकिएको थियो ।

जारी लिग २ शृंखलामा दर्शकको संख्या न्युन भएपछि टिकटको मूल्य धेरै भएको कारणले दर्शक कम भएको चर्चा हुँदै आएको थियो । पूर्वखेलाडीदेखि समर्थकसम्मले टिकटको मूल्य धेरै भएको टिप्पणी गरेका थिए ।

दर्शकको संख्या बढाउन नै टिकट मूल्य कम गरिएको बुझिएको छ । यो मूल्य नेपाल अमेरिका र स्कटल्यान्डबीच हुने आगामी शृंखलाका लागि पनि कायमै राखिएको क्यानले जनाएको छ ।

टिकट मूल्य नेपाल क्रिकेट संघ लिग २ क्रिकेट

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय