+

सोमपाल कामी जागुअर प्लाइको ब्रान्ड एम्बासडर नियुक्त

२०८३ वैशाख  २१ गते १३:३५ २०८३ वैशाख २१ गते १३:३५
सोमपाल कामी जागुअर प्लाइको ब्रान्ड एम्बासडर नियुक्त

News Summary

Generated by OK AI. Editorially reviewed.
  • जागुआर प्लाइको ब्रान्ड एम्बासडरका रूपमा नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी सोमपाल कामी नियुक्त भएका छन् ।
  • सोमपाल कामीले डिजिटल क्याम्पेन, विज्ञापन, डिलर कार्यक्रम र प्रचारात्मक गतिविधिमार्फत जागुअर प्लाइको प्रतिनिधित्व गर्नेछन् ।
  • कम्पनीका निर्देशक रोहित नेमानीले सोमपालसँगको सहकार्यले ग्राहकसँगको सम्बन्ध सुदृढ हुने र ब्रान्ड पहिचान बलियो हुने विश्वास व्यक्त गरे ।

२१ वैशाख, काठमाडौं । श्री गणेश प्लाइवूड इन्डस्ट्रिज अन्तर्गत सञ्चालित जागुआर प्लाइले नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी सोमपाल कामीलाई आफ्नो ब्रान्ड एम्बासडर नियुक्त गरेको छ ।

कम्पनीले आइतबार एक कार्यक्रमको आयोजना गर्दै सोमपाललाई एम्बासडर नियुक्त गरेको हो । यस सहकार्यले नेपालभर ब्रान्डको उपस्थिति थप मजबुत बनाउने विश्वास व्यक्त गरेको छ ।

सोमपाल कामी नेपाली क्रिकेटमा मेहनती, अनुशासित र भरोसायोग्य खेलाडीका रूपमा चिनिन्छन् । कम्पनीका अनुसार उनका यी गुणहरू जागुआर प्लाइको ‘मजबुती, टिकाउपन र विश्वास’ भन्ने ब्रान्ड मूल्यसँग मेल खान्छन् ।

यस सहकार्यअन्तर्गत सोमपालले डिजिटल क्याम्पेन, विज्ञापन, डिलर कार्यक्रम तथा विभिन्न प्रचारात्मक गतिविधिमार्फत ब्रान्डको प्रतिनिधित्व गर्नेछन् ।

कम्पनीका निर्देशक रोहित नेमानीले सोमपालसँगको सहकार्यले ग्राहकसँगको सम्बन्ध अझ सुदृढ हुने बताए । उनले यसबाट बजारमा ब्रान्डको पहिचान थप बलियो बन्ने विश्वास व्यक्त गरे ।

यस्तै, सोमपाल कामीले पनि जागुआर प्लाइजस्तो गुणस्तरीय ब्रान्डसँग जोडिन पाउँदा खुशी लागेको बताए । उनले ब्रान्डको प्रवर्द्धनमा सक्रिय रूपमा योगदान गर्ने प्रतिबद्धता जनाए ।

जागुआर प्लाइले शटरिङ प्लाइउड, कमर्शियल प्लाइउड, फ्लस डोर तथा ल्यामिनेटजस्ता काठजन्य उत्पादनहरू बजारमा उपलब्ध गराउँदै आएको छ ।

कम्पनीले देशभर आफ्नो डिलर सञ्जाल विस्तार गर्दै उपभोक्तामाझ विश्वास कायम गर्दै आएको जनाएको छ।

जागुआर प्लाइ सोमपाल कामी

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय