News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली कांग्रेसले आगामी शनिबार सुदूरपश्चिम स्तरीय चुनावी समीक्षा कार्यक्रम गर्ने भएको छ।
- सहमहामन्त्री प्रकाश रसाइलीले २६ सभापति गगनकुमार थापाले कार्यक्रम उद्घाटन गर्ने जानकारी दिएका छन्।
- कार्यक्रममा १६ निर्वाचन क्षेत्रका उम्मेदवार, सांसद, सभापति र स्थानीय जनप्रतिनिधि सहभागी हुनेछन्।
२१ वैशाख, काठमाडौं । नेपाली कांग्रेसले आगामी शनिबार सुदूरपश्चिम स्तरीय चुनावी समीक्षा कार्यक्रम गर्ने भएको छ । सहमहामन्त्री प्रकाश रसाइली ‘स्नेही’ ले सोमबार कैलालीको धनगढीमा पत्रकार सम्मेलन गरेर शनिबार प्रदेशस्तरीय चुनावी समीक्षा कार्यक्रम आयोजना गरिने जानकारी दिएका हुन् ।
‘नेपाली कांग्रेस कहाँ–कहाँ चुक्यो, कसरी चुक्यो, अब के रणनीति बनाउन पर्छ भन्ने विषयमा छलफल गर्छौं,’ उनले भने, ‘२६ सभापति गनगकुमार थापाले कार्यक्रम उद्घाटन गर्नुहुनेछ ।’
निर्वाचनको समीक्षासहित भावी रणनीतिबारे १६ वटै निर्वाचन क्षेत्रका प्रत्याशी र विजयी उम्मेदवार, प्रदेश सांसदहरू, क्षेत्रीय सभापतिहरू, जिल्ला सभापतिहरू, स्थानीय जनप्रतिनिधि र पालिकाका पार्टी सभापतिहरू सँग छलफल गरिने बताइएको छ ।
‘वर्तमान अवस्था, निर्वाचनको अवस्था, भोलि नेपाली कांग्रेसको जनमत निर्माण गर्न, वैचारिक रुपले अझ बढी सशक्त र प्रभवकारी बनाउनका निम्ति के गर्ने भन्ने विषयमा पहिलो दिन छलफल गर्नेछौं,’ सहमहामन्त्री रसाइलीले भने ।
उनका अनुसार २७ वैशाख (आइतबार) पार्टीको केन्द्रीय केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको कार्यक्रम रहेको छ । ‘अर्को दिन तत्तत् जनप्रतिनिधिहरू, प्रदेश सांसद, पार्टीका क्षेत्रीय, जिल्ला सभापतिहरू, पालिका प्रमुख–उप्रमुख, पालिका सभापतिहरूलाई बोलाएर छलफल हुन्छ ।’
प्रतिक्रिया 4