+
+
Shares

पर्यापर्यटन बढाउनुपर्छ : कृषिमन्त्री चौधरी

अनुगमन क्रममा उनले निकुञ्जको वर्तमान अवस्था र संरक्षणका क्षेत्रमा भइरहेका गतिविधिबारे विस्तृत जानकारी लिएकी हुन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख २१ गते १६:५२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • वन तथा वातावरण एवं कृषि तथा पशुपन्छी विकासमन्त्री गिता चौधरीले कञ्चनपुरस्थित शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको स्थलगत अनुगमन गरेकी छिन्।
  • निकुञ्जका प्रमुख संरक्षण अधिकृत चन्द्रशेखर चौधरीले मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरण र चोरी–सिकारी नियन्त्रणमा भइरहेको कामबारे जानकारी गराए।
  • मन्त्री चौधरीले निकुञ्जले संरक्षणसँगै पर्यापर्यटन विकास गरी स्थानीय समुदायको आयआर्जन वृद्धि गर्न विशेष योजना ल्याउनुपर्नेमा जोड दिइन्।

२१ वैशाख, काठमाडौं । वन तथा वातावरण एवं कृषि तथा पशुपन्छी विकासमन्त्री गिता चौधरीले कञ्चनपुरस्थित शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको स्थलगत अनुगमन गरेकी छिन् ।

अनुगमन क्रममा उनले निकुञ्जको वर्तमान अवस्था र संरक्षणका क्षेत्रमा भइरहेका गतिविधिबारे विस्तृत जानकारी लिएकी हुन् ।

सोही अवसरमा निकुञ्जका प्रमुख संरक्षण अधिकृत चन्द्रशेखर चौधरीले निकुञ्ज प्रशासनले गरिरहेका कामबारे जानकारी गराए ।

उनले मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरण, वन्यजन्तुको बासस्थान व्यवस्थापन, चोरी–सिकारी नियन्त्रणका साथै घाइते र समस्याग्रस्त वन्यजन्तुको उद्धार कार्यलाई प्राथमिकताका साथ अघि बढाइएको जानकारी दिए ।

अनुगमनपछि मन्त्री चौधरीले मानव र वन्यजन्तुबीचको द्वन्द्व कम गर्न निकुञ्जले थप प्रभावकारी कदम चाल्नुपर्नेमा जोड दिइन् ।

‘संरक्षणसँगै पर्यापर्यटन विकास गरी स्थानीय समुदायको आयआर्जन वृद्धि गर्न निकुञ्जले विशेष योजना ल्याउनुपर्छ,’ मन्त्री चौधरीले भनिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?