+
+
Shares

रास्वपा सांसद खतिवडाको प्रश्न– शहीद परिवारले कहिले न्याय पाउँछन् ?

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख २१ गते १७:०६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • रास्वपा सांसद रचना खतिवडा खत्रीले ७६ जनाको ज्यान गएको घटनाका पीडित परिवारले अझै न्याय नपाएको भन्दै सरकारसँग प्रश्न गरिन्।
  • सांसद खतिवडाले पीडितहरू विगत ६–७ महिनादेखि निरन्तर सडक सङ्घर्षमा रहेको र मन्त्रीको कार्यकक्षमा पुग्दा दुर्व्यवहार खेप्नुपरेको बताइन्।
  • उनले न्याय पाउनका लागि सडक आन्दोलनको बाध्यात्मक अवस्थाको अन्त्य र राज्य निकायबाट सहज न्यायको अनुभूति हुनुपर्नेमा जोड दिइन्।

२१ वैशाख, काठमाडौं । रास्वपा सांसद रचना खतिवडा खत्रीले न्यायका लागि आम नागरिकले कहिलेसम्म सडकमा संघर्ष गरिरहनुपर्ने हो भन्दै सरकारसँग प्रश्न गरेकी छिन् ।

प्रतिनिधि सभा अन्तर्गतको कानून, न्याय तथा मानव अधिकार समितिको सोमबार बसेको बैठकमा बोल्दै सांसद खतिवडाले ७६ जनाको ज्यान गएको घटनाका पीडित परिवारले अझै न्याय नपाएको भन्दै सरकारको गम्भीर ध्यानाकर्षण गराएकी हुन् ।

न्याय प्राप्तिका लागि पीडितहरू विगत ६–७ महिनादेखि निरन्तर सडक सङ्घर्षमा रहेको उनले उल्लेख गरिन् । मन्त्रीहरूलाई लक्षित गर्दै पीडित परिवारको मर्यादा र उनीहरूको मागप्रति संवेदनशील हुन उनले आग्रह गरिन् ।

‘७६ जनाको ज्यान गएको घटनामा एक जना संसदमा हुनुहुन्छ भने बाँकी ७५ जना अहिले पनि न्यायका लागि सडकमै हुनुहुन्छ । आफ्ना मागहरू लिएर मन्त्रीको कार्यकक्षमा पुग्दा ढोकामा रहेका सुरक्षाकर्मीबाट समेत पीडितहरूले दुर्व्यवहार खेप्नुपरेको छ,’ उनले भनिन्, ‘यो अत्यन्तै दु:खद् पक्ष हो । न्यायका लागि बालबालिकाहरू समेत सडकमा पुग्नुपर्ने अवस्था कहिलेसम्म रहन्छ ? शहीद परिवारले कहिले न्याय पाउँछन् ?’

सांसद खतिवडाले न्याय पाउनका लागि सधैँ सडकमा आन्दोलन नै गर्नुपर्ने बाध्यात्मक अवस्थाको अन्त्य हुनुपर्ने र राज्यका निकायबाटै सहजै न्यायको अनुभूति हुनुपर्नेमा जोड दिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?