News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली कांग्रेसले सरकारले सुकुमवासीमाथि क्रुर व्यवहार गरेको भन्दै आपत्ति जनाएको छ।
- सहमहामन्त्री उदयशमशेर जबराले व्यवस्थापनबारे नसोची सुकुमवासी हटाएकोमा आपत्ति जनाएका छन्।
- कांग्रेसले सुकुमवासीका लागि विशेष अनुदान टोली गठन गर्ने निर्णय गरेको छ।
२१ वैशाख, काठमाडौं । नेपाली कांग्रेसले सरकारले सुकुमवासीमाथि क्रुर व्यवहार गरेको भन्दै आपत्ति जनाएको छ । सोमबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकपछि सहमहामन्त्री उदयशमशेर जबराले सञ्चारकर्मीहरूसँग कुरा गर्दै व्यवस्थापनबारे नसोची हटाएको भन्दै आपत्ति जनाएका हुन् ।
‘सुकुमवासी व्यवस्थापनमा क्रुर व्यवहार भएको छ । जबरजस्ती हटाएकोमा हाम्रो पार्टीको आपत्ति हो,’ उनले भने, ‘कसलाई हटाउने र कसलाई नहटाउने त्यसको व्यवस्थापन गर्नुपर्छ । सरकारले रुल अफ ल फलो गर्नुपर्छ । नट रुल बाइ ल । सरकारले रुल बाइ ल फलो गरेकोले हामीले सरकारको ध्यानाकर्षण गराएका छौं ।’
कांग्रेसले सुकुमवासीका लागि राहतका लागि अनुदान टोली गठन गर्ने निर्णय पनि गरेको उनको भनाइ छ ।
‘सुकुमवासीका लागि विशेष अनुदान टोली गठन र परिचालन केन्द्रीय कार्यालयमार्फत गर्ने निर्णय गरेको छ,’ उनले भने, ‘बालबालिका, महिला र वृद्ध नागरिकको समस्या जटिल भएको छ । खाना, बस्न र पानीको समस्या देखिएको छ । हामीले सरकारको ध्यानार्षण गराएका छौं । कैदीले पाउने सुविधा पनि सुकुमवासीले नपाएको गुनासो छ । हामीले सुभेच्छुक संस्था परिचालन गरेर व्यवस्थापन गर्ने तयारी गरेका छौं ।’
प्रतिक्रिया 4