+
+
Shares

डोल्पामा जिप दुर्घटना हुँदा १२ जना घाइते, तीनको अवस्था गम्भीर

ब्रेक फेल भएर जिप दुर्घटना भएको मुड्केचुला–१ का वडाध्यक्ष पवन बुढाले जानकारी दिए । उनका अनुसार घाइतेमध्ये ३ जनाको अवस्था गम्भीर छ ।

पूर्ण सार्की  पूर्ण सार्की 
२०८३ वैशाख २१ गते २०:३७

२१ वैशाख, डोल्पा । डोल्पाको मुड्केचुलामा जिप दुर्घटना हुँदा १२ जना घाइते भएका छन् । घाइतेमध्ये तीनको अवस्था गम्भीर छ ।

सोमबार साँझ रुकुम पश्चिमको त्रिवेणीदेखि डोल्पाको मुड्केचुला खर्क जाँदै गरेको कर्णाली प्रदेश ०२–००१ च ०४२८ नम्बरको जिप  मुड्केचुला गाउँपालिका–१ भोटाऔल क्षेत्रमा दुर्घटनामा परेको हो ।

ब्रेक फेल भएर जिप दुर्घटना भएको मुड्केचुला–१ का वडाध्यक्ष पवन बुढाले जानकारी दिए । उनका अनुसार घाइतेमध्ये ३ जनाको अवस्था गम्भीर छ । उनीहरूलाई थप उपचारका लागि रुकुम पश्चिमको चौरजहारीस्थित नगर अस्पताल पठाइएको छ ।

अन्य ९ जना घाइतेको भने स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको वडाध्यक्ष बुढाले बताए ।

जिल्ला प्रहरी कार्यालय डोल्पाले भने दुर्घटनास्थलमा प्रहरी गइरहेको र घटनाको विषयमा विस्तृत विवरण संकलन बाँकी रहेको बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?