+
+
Shares

सर्लाहीमा मोटरसाइकलको ठक्करबाट वृद्धको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख २२ गते १२:४३

२२ वैशाख, सर्लाही । सर्लाहीमा मोटरसाइकलको ठक्करबाट एक वृद्धको मृत्यु भएको छ । बागमती नगरपालिका-२ स्थित धरहरा चौकमा नयाँ रोड-बरहथवा सडक खण्डमा सोमबार साँझ भएको दुर्घटनामा स्थानीय अन्दाजी ७५ वर्षीय हरिबहादुर अधिकारीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवम डिएसपी सरोज राईका अनुसार नयाँ रोडबाट बरहथवातर्फ जाँदै गरेको भारतीय नम्बर प्लेट बीआर ३३ बीएफ ७८२१ नम्बरको मोटरसाइकलले पैदल हिँडिरहेका अधिकारीलाई करिब साँझ ६ बजे ठक्कर दिएको थियो ।

दुर्घटनामा गम्भीर घाइते भएका उनलाई उपचारका लागि वीरगन्ज लगिएकोमा पछि बारा स्थित एलएस न्युरो अस्पताल पुर्‍याइएको थियो । त्यहाँ चिकित्सकले साँझ ७ बजे मृत घोषणा गरेका थिए ।

दुर्घटनापछि मोटरसाइकल प्रहरी चौकी ढुङ्ग्रेखोलाको नियन्त्रणमा रहेको छ भने चालक गोडैता नगरपालिका-२ का अन्दाजी २० वर्षीय शिवम कुशवाहालाई इलाका प्रहरी कार्यालय हरिवनले नियन्त्रणमा लिएको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?