+
+
Shares

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ५ जना पक्राउ

वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा पाँच जना पक्राउ परेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख २३ गते १४:१६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पाँच जनाले ५० लाखभन्दा बढी रकम ठगी गरेको आरोपमा पक्राउ परेका छन्।
  • पक्राउ पर्नेमा बागलुङ, काठमाडौँ, सर्लाही र रामेछापका पाँच जना रहेका छन्।
  • उनीहरुले माल्टा, क्रोएसिया, क्यानडा र मकाउ पठाइदिने भन्दै ठगी गरेको प्रारम्भिक अनुसन्धानले देखाएको छ।

२३ वैशाख, काठमाडौं । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा पाँच जना पक्राउ परेका छन् ।

बागलुङको काठेखोला गाउँपालिका–३ का २२ वर्षीय सन्दीप थापा मगर, काठमाडौँ महानगरपालिका–३ का ४३ वर्षीय निरबहादुर कार्की, सर्लाहीको चक्रघट्टा गाउँपालिका–२ का ३९ वर्षीय विजयकुमार यादव, काठमाडौँ चन्द्रागिरी नगरपालिका–५ का चिरन्जिवी अधिकारी र रामेछाप लिखु तामाकोशी गाउँपालिका–१ का ३० वर्षीय प्रवेश गुरूङ पक्राउ परेको प्रहरीले जनाएको छ ।

उनीहरुले माल्टा, क्रोएसिया, क्यानडा र मकाउ पठाइदिने भन्दै सर्वसाधारणसँग ५० लाखभन्दा बढी ठगी गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । पक्राउ परेकालाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभागको जिम्मा लगाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?