+
+
Shares

एमाले सांसद लक्ष्मीप्रसादले बँदेल मार्नुपर्छ भनेपछि रास्वपाकी आशिका तामाङको प्रतिवाद

नेकपा एमालेका सांसद लक्ष्मीप्रसाद पोखरेलले किसानको बालीनाली जोगाउन जंगली बँदले मार्नुपर्ने प्रस्ताव राखेपछि रास्वपाकी सांसद आशिका तामाङले प्रतिवाद गरेकी हुन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख २३ गते १५:२३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • प्रतिनिधिसभा कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा एमाले सांसद लक्ष्मी प्रसाद पोखरेल र रास्वपा सांसद आशिका तामाङबीच जंगली बँदेल मार्न पाउनुपर्ने विषयमा विवाद भयो।
  • पोखरेलले बँदेल मार्न दिनुपर्ने र तामाङले मार्न नहुने भन्दै बहस गर्दा समिति सभापति अशोक कुमार चौधरीले विवाद रोके ।
  • रास्वपा सांसद सागर ढकालले बँदेल नियन्त्रणका लागि अध्ययन गरी समाधान खोज्नुपर्ने सुझाव दिए ।

२३ वैशाख, काठमाडौं । जंगली बँदेल मार्न पाउनुपर्ने र मार्न नहुने विषयमा सांसदहरूबीच भनाभन भएको छ । नेकपा एमालेका सांसद लक्ष्मीप्रसाद पोखरेलले किसानको बालीनाली जोगाउन जंगली बँदले मार्नुपर्ने प्रस्ताव राखेपछि रास्वपाकी सांसद आशिका तामाङले प्रतिवाद गरेकी हुन् ।

प्रतिनिधिसभा अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा एमाले सांसद पोखरेलले बँदेल नियन्त्रण गर्न मार्न दिनुपर्ने बताएका थिए ।

त्यसपछि केहीबेर तामाङ र पोखरेलबीच सवाल जवाफ नै भयो ।

पोखरेल : जंगली बदेल मार्न दिनुपर्छ ।

आशिका : मार्ने कुरा नगर्नुहोस् ।

पोखरेल : तपाईंको कुरा आफ्नो समयमा राख्नुहोस् ।

आशिका : माननीय भएर मार्ने कुरा नगर्नुहोस् ।

पोखरेल : बँदेलका कारण मान्छे नै मर्ने अवस्था छ ।

आशिका : मार्ने कुरा नगर्नुहोस् । 

पोखरेल : ल ठीक छ नमार्ने भने कसरी नियन्त्रण गर्ने त ?

आशिका : बाँच्न पाउने उसको पनि अधिकार हो ।

पोखरेल : मान्छे सबै विस्थापित भए उसले पनि खान पाउँदैन । किनभने उसले आँफै उत्पादन गर्न सक्दैन ।

आशिका : म १५ बर्ष जर्मन बसेर आएको हुँ । त्यहाँ मार्दैनन । इलेक्ट्रोनिक तारबार लगाइन्छ ।

सांसदहरूबीच सवाल जवाफ लम्बिएपछि समिति सभापति अशोक कुमार चौधरीले रोके । त्यसपछि बोलेका रास्वपा सांसद सागर ढकालले कुनै पनि विषयमा बोल्दा त्यसको अध्ययन हुनुपर्ने बताए ।

सांसद ढकालले भने, ‘समस्या मात्रै नउठाउ । समाधान पनि दिउ । अध्ययन गरेर बोलौँ । बादर र बँदेल नियन्त्रणको उपाय के हुन सक्छ अध्ययन गरौ । कार्यान्वयनमा जाऔं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?