News Summary
Generated by OK AI. Editorially reviewed.- फिल्म 'मालती मंगले' को प्रिमियर लबिम हलमा भएको थियो जहाँ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने लगायतले सकारात्मक प्रतिक्रिया दिएका छन्।
- रवि लामिछानेले फिल्मको अभिनय, कथावस्तु र निर्देशनको तारिफ गर्दै 'कमेडी पनि छ, इमोसन पनि छ' भनेका छन्।
- निर्माता रामकृष्ण ढकालमाथि सामाजिक सञ्जालमा आलोचना भए पनि रविले उनको पक्षमा उभिएर सांगीतिक क्षेत्रमा योगदानको प्रशंसा गरेका छन्।
काठमाडौं । शुक्रबारदेखि प्रदर्शन हुने फिल्म ‘मालती मंगले’ प्रिमियर गरिएको छ । लबिम हलमा बुधबार बेलुका आयोजित स्क्रिनिङमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेदेखि फिल्मका सदस्यहरू, संचारकर्मी र सेलिब्रेटी सहभागी रहे ।
फिल्मले प्रिमियरमा सकारात्मक प्रतिक्रिया प्राप्त गर्यो । विशेषगरि, विजय बराल र वर्षा राउतको अभिनयको प्रशंसा छ । कतिपयले राउतले करिअरकै उत्कृष्ट अभिनय गरेको भन्दै प्रशंसाको पुल बाँधेका छन् ।
कमेडियन मेक्सम गौडेलको पनि प्रशंसा भएको छ । रास्वपा सभापति लामिछाने अभिनय, कथावस्तु र निर्देशकीय पक्षको तारिफ गरे । निर्माता समेत रहेका रामकृष्ण ढकालका हितैषी रहेका लामिछानेले फिल्मले भन्नैपर्ने कथा उठाएको बताए ।
उनले भने, ‘मैले धेरै पछाडि चलचित्र हेर्ने मौका पाएँ । यो चलचित्र निकै राम्रो छ । कमेडी पनि छ, इमोसन पनि छ, कलाकारको अभिनय तथा संवाद पनि राम्रो छ । आम दर्शक भएर हेर्दा यो चलचित्र निकै राम्रो छ । निर्देशक नयाँ भए पनि नयाँले बनाएको चलचित्र जस्तो लाग्दैन । म यो चलचित्र हेरेर हाँसे पनि, इमोसनल पनि भएँ ।’

मिडियासामु रविले साथी समेत रहेका निर्माता ढकालको पक्षमा आफू उभिएको बताए । जेनजी आन्दोलनको क्रममा नख्खु कारागारबाट बाहिरिने क्रममा रामकृष्णले रविलाई गाडी दिएका थिए । त्यही गाढी चढेर उनी कारागारबाट बाहिरिएका थिए ।
त्यो घटनापछि फिल्म रिलिजको मुखैमा रामकृष्णमाथि कतिपय सामाजिक सञ्जाल प्रयोगकर्ता खनिएका छन् । आलोचनाले घेरिएका रामकृष्णलाई सान्त्वना दिँदै रविले सानोतिनो आलोचनाबाट नडराउन सुझाव दिए । रामकृष्णको पक्षमा आफू उभिएको भन्दै रविले सांगीतिक क्षेत्रमा उनको योगदानको प्रशंसा गरे ।
कलाकार मदनकृष्ण श्रेष्ठ, कृष्ण मल्ल, शर्मिला मल्ल, किरण केसी, यम बराल, सन्दीप क्षेत्रीले पनि फिल्म हेरेर प्रतिक्रिया दिए ।
रानी फिल्म्सको ब्यानरमा युनि इन्टरटेन्मेन्टको सहकार्यमा निर्माण भएको यो फिल्मलाई प्रकु पाण्डेले निर्देशन गरेका हुन् । सागर ज्ञवाली कार्यकारी निर्माता रहेको फिल्ममा बाबु सुवेदी, रविन श्रेष्ठ, वेदना कर्माचार्य, पद्मावती गुरुङ, स्वीकृति बस्नेत र मिलन बजगाईँ सह-निर्माताका रूपमा छन् ।




प्रतिक्रिया 4