News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल ए ले स्कटल्यान्डविरुद्धको पहिलो अभ्यास एकदिवसीय खेलमा ८ विकेट गुमाएर २७७ रन बनाएको छ।
- देव खनालले ६३ रन बनाए भने मयन यादवले ४५, सन्दीप जोराले ३४, पवन सर्राफले ३१, दीपक डुम्रेले २३ रन बनाए।
- नेपाल ए ले आगामी दिनमा अमेरिकासँग दुई खेल र स्कटल्यान्डसँग अर्को खेल खेल्नेछ।
२४ वैशाख, काठमाडौं । देव खनालको अर्धशतक तथा अन्य ब्याटरको राम्रो प्रदर्शनमा नेपाल ए ले स्कटल्यान्डविरुद्धको पहिलो अभ्यास एकदिवसीय खेलमा बलियो योगफल खडा गरेको छ ।
नेपाल ए ले ५० ओभरमा ८ विकेट गुमाएर २७७ रन बनाएको हो । देवले ६३ रन बनाए भने । मयन यादवले ४५, सन्दीप जोराले ३४, पवन सर्राफले ३१, दीपक डुम्रेले अविजित २३ रन बनाए ।
स्कटल्यान्डका लागि ब्राड्ली करी र सफिया शरिफले २-२ विकेट लिए भने ज्याक जार्भिस, ओलिभर डेभिडसन र ब्रान्डन माकमुलेनले १-१ विकेट लिए ।
नेपाल ए ले यसअघि ओमानसँग पनि एकदिवसीय खेल खेलेको थियो । त्यसबेला एक खेल जित्दा एक खेलमा पराजित भयो ।
नेपाल ए ले शुक्रबार अमेरिकासँग अनि शनिबार फेरि स्कटल्यान्डसँग खेल्नेछ भने सोमबार अमेरिकासँग खेल्नेछ ।
प्रतिक्रिया 4