News Summary
Generated by OK AI. Editorially reviewed.- शुक्रबार काठमाडौंका हलमा पाँच फिल्म रिलिज हुँदैछन्, जसमा तीन नेपाली फिल्म मालती मंगले, लालीबजार र गुरुआमा छन्।
- अदालतको आदेशपछि लालीबजार शुक्रबारदेखि प्रदर्शनमा आउँदैछ र यसले १२० शो पाएको छ।
- स्वस्तिमा खड्का स्टारर लालीबजारले बादी समुदायकी महिलाको संघर्ष कथा भन्छ र मालती मंगलेमा विजय बराल र वर्षा राउत छन्।
काठमाडौं । हलमा शुक्रबार ३ नेपालीसहित पाँच फिल्म रिलिज हुँदैछन् । मालती मंगले, लालीबजार र गुरुआमा एकसाथ प्रदर्शनमा आउनेछन् । बलिउडको ‘कृष्णावतरम पार्ट १’ र हलिउडको ‘मोर्टल कम्ब्याट पार्ट २’ पनि आउँदैछन् ।
अदालतको आदेशपछि प्रदर्शनको बाटो खुला भएपछि ‘लालीबजार’ शुक्रबारदेखि आउने निश्चित भएको हो । हलहरूले ५ फिल्मलाई विभिन्न सूचकअनुसार शो विभाजन गरेका छन् । जसमा, ‘लालीबजार’ले १२० शोज, ‘गुरुआमा’ले ७१ र ‘मालती मंगले’ ले १०३ शोज पाएका छन् ।
विशेषगरि, लालीबजार र मालतीमंगले दर्शकमाझ प्रतीक्षित र स्टारले भरिएका फिल्म हुन् । प्रतिस्पर्धा त हुने नै भयो, शोज विभाजन हेर्दा पनि यी दुई फिल्मलाई अरुभन्दा धेरै छ ।
स्वस्तिमा खड्का स्टारर ‘लालीबजार’ बादी समुदायकी एक महिलाले छोरीको प्रतिष्ठा र जीविकाको लागि गर्ने संघर्षको कथा भन्छ । ‘मालती मंगले’मा विजय बराल, वर्षा राउतजस्ता लोकप्रिय कलाकार छन् ।
फिल्मको यो बाढीले शुक्रबारदेखि हल चलायमान हुने अपेक्षा गर्न सकिन्छ । अहिले प्रदर्शनरत फिल्म ‘परालको आगो’ले बक्सअफिसमा उत्साहजनक कलेक्सन गरिरहेको छ ।
प्रतिक्रिया 4