+
+
Shares

बुटवलमा भूमिहीनको प्रदर्शन (तस्वीरहरू)

नेपाल भूमिहीन सुकुमवासी तथा अव्यवस्थित बसोवासी संघर्ष समितिले बिना विकल्प बस्ती खाली गर्ने कार्य रोक्न माग गर्दै प्रदर्शन गरेको हो ।

टोपराज शर्मा टोपराज शर्मा
२०८३ वैशाख २४ गते १४:५०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • बुटवलमा भूमिहीन सुकुमवासी तथा अव्यवस्थित बसोवासीलले बिना विकल्प बस्ती खाली गर्ने कार्य रोक्न प्रदर्शन गरेका छन्।
  • प्रदर्शनकारीले सरकारले वास्तविक भूमिहीनको पहिचान गरी लालपुर्जा दिनुपर्ने र प्रधानमन्त्री बालेनको राजीनामा माग गरेका छन्।
  • रुपन्देहीमा करिब एक लाख भूमिहीन दलित, सुकुमवासी र अव्यवस्थित बसोवासी रहेका छन् र ८० हजारले आयोगमा निवेदन दिएका छन्।

२४ वैशाख, बुटवल । बुटवलमा भूमिहीन सुकुमवासी तथा अव्यवस्थित बसोवासीले बुटवलमा प्रदर्शन गरेका छन् ।

नेपाल भूमिहीन सुकुमवासी तथा अव्यवस्थित बसोवासी संघर्ष समितिले बिना विकल्प बस्ती खाली गर्ने कार्य रोक्न माग गर्दै प्रदर्शन गरेको हो ।

सरकारले पहिला वास्तविक भूमिहीन तथा अव्यवस्थित बसोवासीको पहिचान गरेर विगतका सरकारको पालामा भूमि आयोगले व्यवस्था गरे अनुसार व्यवस्थापन गर्न र लालपुर्जा दिनुपर्ने प्रदर्शनकारीको माग छ।

प्रदर्शनमा सहभागीहरुले प्रधानमन्त्री बालेनको राजीनामा माग्दै चर्को नाराबाजी गरेका छन् ।

उनीहरुले डोजर आतंक बन्द गर, नागरिकलाई विस्तापित होइन स्थापित गर,हाम्रो कर र मत वैध हामी बसेको जमिन कसरी अवैध, नागरिकलाई आत्महत्या गर्न बाध्य पार्ने कार्य बन्द गर, मानव अधिकारको सम्मान गर, ध्वंश हैन बाच्ने अधिकार दे, बस्ती उजाड हैन व्यवस्थापन गर, व्यवस्थापनको नाममा नजरबन्द बन्द गर, विकासको नाममा विनाश स्वीकार्य छैन लगायतका नारा लेखिएका प्लेकार्डसहित प्रदर्शन गरेका छन् ।

बुटवलको राजमार्ग चौराहाबाट प्रदर्शन सुरु भएको हो । जिल्लाभरबाट जम्मा भएका भूमिहीन र अव्यवस्थित बसोवासीको जुलुस अस्पताललाइन हुँदै ट्राफिकचोकमा पुगेर सभामा परिणत हुने संघर्ष समितिले जनाएको छ ।

रुपन्देहीमा भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित गरी ८० हजार बढीले विघटित भूमि समस्या समाधान आयोगमा निवेदन दिएका थिए ।

विघटित आयोगका रुपन्देही अध्यक्ष कुमार थापा मगरका अनुसार रुपन्देहीमा करिब एक लाख भूमिहीन दलित, भूमिहीन सुकुमवासी र अव्यवस्थित बसोवासी रहेका छन् ।

लेखक
टोपराज शर्मा

शर्मा अनलाइनखबरका बुटवल संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?