+
+
Shares

लोकतन्त्र सुदृढीकरणका लागि मर्यादित र जिम्मेवार पत्रकारिता आवश्यक : राष्ट्रपति

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख २४ गते १६:५५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • राष्ट्रपति रामचन्द्र पौडेलले लोकतन्त्र सुदृढीकरण र नागरिकको सु-सूचित हुने अधिकारको रक्षाका लागि मर्यादित एवं जिम्मेवार पत्रकारिता अपरिहार्य भएको बताए।
  • राष्ट्रिय पत्रकारिता दिवसको अवसरमा आयोजित समारोहमा राष्ट्रपति पौडेलले १९५८ सालमा गोरखापत्रको प्रकाशन सुरु भएको ऐतिहासिक दिन स्मरण गरे।
  • उनले वरिष्ठ पत्रकार सम्मान तथा राष्ट्रिय पत्रकारिता पुरस्कारबाट पुरस्कृत पत्रकारहरूको योगदानको उच्च प्रशंसा गरे।

२४ वैशाख,काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकमा लोकतन्त्रको सुदृढीकरण र नागरिकको सु-सूचित हुने अधिकारको रक्षाका लागि मर्यादित एवं जिम्मेवार पत्रकारिता अपरिहार्य रहेको बताएका छन् ।

राष्ट्रिय पत्रकारिता दिवसका अवसरमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले यस्तो धारणा व्यक्त गरेका हुन् ।

१९५८ सालमा गोरखापत्रको प्रकाशन सुरु भएको ऐतिहासिक दिन २४ वैशाखलाई स्मरण गर्दै राष्ट्रपतिले देशभरका सञ्चारकर्मीहरूमा शुभकामना व्यक्त गरेका हुन् ।

सो अवसरमा उनले ‘वरिष्ठ पत्रकार सम्मान’ तथा ‘राष्ट्रिय पत्रकारिता पुरस्कार’ बाट पुरस्कृत पत्रकारहरूलाई सम्मान गर्दै उनीहरूको योगदानको उच्च प्रशंसा गरे ।

अग्रजहरूको साधनाले नयाँ पुस्तालाई व्यावसायिक निष्ठा र सत्यको मार्गमा लाग्न सधैँ उत्प्रेरित गर्ने विश्वास उनले व्यक्त गरे ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?