+
+
Shares

तीन व्यावसायिक फर्मलाई वाणिज्य विभागको ७५ हजार जरिबाना

उपभोक्ता संरक्षण ऐन २०७५ र नियमावली २०७६ बमोजिम निर्देशन पालना नगर्ने र अनुचित व्यापारिक क्रियाकलापमा संलग्न फर्महरूलाई कारबाही गरिएको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख २४ गते १७:०७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले काठमाडौंका तीन व्यावसायिक फर्मलाई उपभोक्ता हित विपरीत कार्य गरेको भन्दै ७५ हजार रुपैयाँ जरिबाना तिराएको छ।
  • लुगा जुत्ता प्रालिलाई ५० हजार, श्रेष्ठ कस्मेटिक्स शपलाई १५ हजार र पूजा शृङ्गारलाई १० हजार रुपैयाँ जरिबाना गरिएको विभागले बताएको छ।
  • अनुगमन क्रममा विभागले अन्य १० उद्योग तथा फर्मलाई सामान्य निर्देशन दिएको छ।

२४ वैशाख, काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजार अनुगमन क्रममा उपभोक्ता हित विपरीत कार्य गर्ने तीन वटा व्यावसायिक फर्मलाई ७५ हजार रुपैयाँ जरिबाना तिराएको छ ।

विभागले बिहीबार काठमाडौंका विभिन्न स्थानमा गरेको अनुगमन क्रममा उपभोक्ता संरक्षण ऐन २०७५ र नियमावली २०७६ बमोजिम निर्देशन पालना नगर्ने र अनुचित व्यापारिक क्रियाकलापमा संलग्न फर्महरूलाई कारबाही गरेको हो ।

काठमाडौं महानगरपालिका–२६ गोङ्गबुस्थित लुगा जुत्ता प्रालिलाई  ५० हजार रुपैयाँ जरिबाना गरिएको विभागले जनाएको छ ।

त्यसैगरी नयाँ बानेश्वरस्थित श्रेष्ठ कस्मेटिक्स शपलाई १५ हजार रुपैयाँ र गोङ्गबुस्थित पूजा शृङ्गारलाई १० हजार रुपैयाँ जरिबाना गरिएको छ ।

अनुगमन क्रममा विभागले अन्य १० उद्योग तथा फर्मलाई सामान्य निर्देशन दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?