News Summary
Generated by OK AI. Editorially reviewed.- सरकारले विकल्प बिना बस्ती खाली गराउन थालेपछि देशभरका भूमिहीन तथा अव्यवस्थित बसोवासीहरू माइतीघर मण्डलमा प्रदर्शनमा उत्रिएका छन्।
- काठमाडौंका १६ बस्तीबाट नौ दिनमा १५ हजार बढी विस्थापित भएका छन् र उनीहरूलाई विभिन्न ठाउँमा होल्डिङ सेन्टरमा राखिएको छ।
- प्रदर्शनकारीहरूले \'डोजर चलाउन बन्द गर\', \'व्यवस्थापन गर\', \'विस्थापन होइन न्याय देऊ\', \'मानव अधिकार देऊ\' लेखेको प्लेकार्ड सहित सरकारविरुद्ध आवाज उठाएका छन्।
२५ वैशाख, काठमाडौं । सरकारले विकल्प विना बस्ती खाली गराउन थालेपछि देशभरका भूमिहीन तथा अव्यवस्थित बसोवासीहरू काठमाडौंको माइतीघरमण्डलमा उपस्थित भएर प्रदर्शनमा उत्रिएका छन् ।
काठमाडौंका विभिन्न क्षेत्रबाट विस्थापित भएका अव्यवस्थित र सुकुमवासी बस्तीका नागरिकहरू सरकारविरुद्ध प्रदर्शनमा उत्रिएका हुन् । उनीहरूले डोजर चलाउन बन्द गर, व्यवस्थापन गर, विस्थापन होइन न्याय देऊ, मानव अधिकार देऊ लगायत लेखेको प्लेकार्ड सहित प्रदर्शन गरिरहेका छन् । उनीहरूले प्लेकार्डसँगै प्लेट, थाल र चम्चा ठटाएर विरोध जनाएका छन् ।
काठमाडौंका १६ बस्तीबाट नौ दिनमा १५ हजार बढी विस्थापित भएका छन् । सरकारले विस्थापितहरूलाई विभिन्न ठाउँमा होल्डिङ सेन्टर बनाएर राखेको छ ।

प्रतिक्रिया 4