News Summary
Generated by OK AI. Editorially reviewed.- कृषि तथा पशुपन्छी विकास र वन तथा वातावरण मन्त्री गिता चौधरीले खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागलाई जनस्वास्थ्यसँग जोड्दै सेवा प्रवाहमा पारदर्शिता र प्रभावकारिता बढाउन निर्देशन दिइन्।
- मन्त्री चौधरीले विभागलाई नियमित बजार अनुगमन, खाद्य व्यवसाय निगरानी र आयात प्रक्रियालाई छरितो बनाउने कार्यलाई प्राथमिकतामा राख्न निर्देशन दिइन्।
- उनीहरूले प्रयोगशाला सेवा विस्तार, विषादी परीक्षण, एन्टिअक्सिडेन्ट परीक्षण सुरु गर्न र आहारपूरक खाद्य पदार्थको नियमन प्रभावकारी बनाउन निर्देशन दिइन्।
२५ वैशाख, काठमाडौं । कृषि तथा पशुपन्छी विकास र वन तथा वातावरण मन्त्री गिता चौधरीले खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको भूमिकालाई जनस्वास्थ्यसँग जोड्दै सेवा प्रवाहमा पारदर्शिता र प्रभावकारिता बढाउन निर्देशन दिएकी छन् ।
शुक्रबार विभागको अनुगमनका क्रममा उनले देशका प्रत्येक नागरिकले उपभोग गर्ने खाद्य तथा दाना पदार्थको स्वच्छता र गुणस्तर सुनिश्चित गर्दै मानव स्वास्थ्य संरक्षणमा विभागको भूमिका निर्णायक रहने बताइन् ।
अनुगमनका क्रममा मन्त्री चौधरीले खाद्य वस्तुको विविधीकरण, खाद्य योगशील तथा प्रशोधन सहयोगीको प्रयोग, सीमित मापदण्ड र प्रयोगशाला सेवाको दायरा तथा स्रोत साधनको कमीका कारण नियमन कार्य चुनौतीपूर्ण बन्दै गएको बताइन् ।
गुनासो रहित, छरितो र प्रभावकारी सेवा प्रवाह गर्न निर्देशन दिँदै उनले कुनै पनि अवस्थामा सेवाग्राहीसँग घुस माग्ने, ढिलासुस्ती गर्ने वा नाकामा बार्गेनिङ गर्ने गतिविधि नदोहोर्याउन चेतावनी दिइन् ।
हाल केही कर्मचारीमाथि मुद्दा दायर र निलम्बन भएको प्रसंग निकाल्दै उनले यस्ता घटनाले संस्थाको छवि कमजोर बनाउने बताइन् ।
मन्त्री चौधरीले विभागलाई नियमित बजार तथा उत्पादन स्थल अनुगमन, होटलदेखि सडक किनारासम्मका सबै खाद्य व्यवसायको निगरानी, खाद्य अनुमति तथा आयात प्रक्रियालाई छरितो बनाउने कार्यलाई प्राथमिकतामा राख्न निर्देशन दिइन् ।
यसका साथै प्रयोगशाला सेवाको दायरा विस्तार र एक्रेडिटेसन बनाउन, विषादी, हेभी मेटल, माइकोटक्सिन तथा पानीको गुणस्तर परीक्षण विस्तार गर्न समेत उनको निर्देशन छ ।
भेटेरिनरी ड्रग रेसिड्यु र एन्टिअक्सिडेन्ट परीक्षण तुरुन्त सुरु गर्न, आहारपूरक खाद्य पदार्थको नियमन, घरदैलोमै पुगेर उद्योगीलाई परामर्श सेवा, ट्रान्स फ्याट नियन्त्रण र लेबलिङ, प्याकेजिङ र म्याद सम्बन्धी अध्ययन तथा निगरानीलाई प्रभावकारी बनाउन कर्मचारीहरूलाई उनले निर्देशन दिइन् ।
प्रतिक्रिया 4