News Summary
Generated by OK AI. Editorially reviewed.- बिचुटेन डेटा भोल्टले नेपालमा पहिलो पटक टियर–४ स्तरको हाइपरस्केल डेटा सेन्टर निर्माण गर्ने घोषणा गरेको छ।
- यो डेटा सेन्टर काठमाडौं र वीरगञ्जमा निर्माण गरिनेछ र सन् २०३० सम्म ५ मेगावाटसम्म विस्तार गर्ने योजना रहेको छ।
- कम्पनीले ९९.९९५ प्रतिशत अपटाइम र नेपालको डिजिटल सार्वभौमिकता र सुरक्षित भविष्य निर्माण गर्ने लक्ष्य राखेको जनाएको छ।
२५ वैशाख, काठमाडौं । बिचुटेन डेटा भोल्टले नेपालमा हाइपरस्केल डेटा सेन्टर निर्माण गर्ने घोषणा गरेको छ । कम्पनीले नेपालमै पहिलो पटक टियर–४ स्तरको डेटा सेन्टर निर्माण गर्न लागिएको दाबी गरेको छ ।
नेपालको डिजिटल पूर्वाधारलाई विश्वस्तरमा पुर्याउने र देशको डेटा सुरक्षालाई मजबुत बनाउने उद्देश्यका साथ डेटा सेन्टर निर्माण गर्न लागिएको जनाएको छ । यो कम्पनी नेपाली उद्यमी नवीन अग्रवाल, मीन अग्रवाल (फेयर ग्रुप), अनुज कियाल (कियाल ग्रुप), विशालकुमार जाटिया र शरद गोयलको नेतृत्वमा रहेको छ । ‘कम्पनीले नेपालको आफ्नै डिजिटल सार्वभौमिकता र सुरक्षित भविष्य निर्माणको संकल्न गरेको छ’ जारी विज्ञप्तिमा उल्लेख छ ।
अन्तर्राष्ट्रिय गुणस्तरको यो परियोजनाले वर्षभरिमा २६ मिनेटभन्दा कम मात्र प्राविधिक अवरोध हुन सक्ने अर्थात् ९९.९९५ प्रतिशत ‘अपटाइम’ रहेको कम्पनीले दाबी गरेको छ।
काठमाडौं, वीरगञ्ज गरी दुई रणनीतिक स्थानमा यो परियोजना रहने छ । २४० किलोवाट क्षमताबाट सुरु भई सन् २०३० सम्म यसलाई ५ मेगावाटसम्म विस्तार गर्ने योजना रहेको बताइएको छ । प्रविधि र विशेषज्ञताका लागि भीभीडीएन, गुगल क्लाउड, एएमडी र माइक्रोनजस्ता प्रविधि कम्पनीसँग रणनीतिक साझेदारी गरिएको कम्पनीले जनाएको छ ।
प्रतिक्रिया 4