+
+
Shares

तोलामा १ हजार रुपैयाँ घट्यो सुन, चाँदी बढ्यो

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख २७ गते ११:२२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • आइतबार सुनको भाउ तोलामा १ हजार रुपैयाँ घटेर २ लाख ९८ हजार ९ सय रुपैयाँमा कायम भएको छ।
  • नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन सुनको भाउ २ लाख ९९ हजार ९ सय रुपैयाँ थियो।
  • चाँदीको भाउ भने २५ रुपैयाँ बढेर ५ हजार ३ सय रुपैयाँ पुगेको छ।

२७ वैशाख, काठमाडौं । आइतबार सुनको भाउ तोलामा १ हजार रुपैयाँ घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन सुनको भाउ प्रतितोला २ लाख ९८ हजार ९ सय रुपैयाँमा कायम भएको छ । अघिल्लो दिन २ लाख ९९ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै गत आइतबार सुनको भाउ तोलामा २ लाख ९५ हजार १ सय रुपैयाँ थियो ।

सुनको भाउ घटे पनि आज चाँदी बढेको छ । अघिल्लो दिनको तुलनामा २५ रुपैयाँ प्रतितोला चाँदी महँगिएको हो । अघिल्लो दिन ५ हजार २७५ रुपैयाँमा कारोबार भएको चाँदी आज ५ हजार ३ सय रुपैयाँ पुगेको छ । गत आइतबार प्रतितोला ५ हजार १० रुपैयाँमा चाँदी कारोबार भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?