News Summary
Generated by OK AI. Editorially reviewed.- पोखरामा २२ वैशाख राति साढे ९ बजे बाग्लुङ बसपार्कमा ग्याङ फाइट भएको छ।
- ग्याङ फाइट गरेको आरोपमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ।
- पक्राउ पर्नेमा पोखराका २७ वर्षीय सुजन आले मगर, २३ वर्षीय राजेश परियार, ३० वर्षीय दीपेश भनिने दिलेराम गुरुङ, १८ वर्षीय सुजन तामाङ, २५ वर्षीय राजकुमार तामाङ र २० वर्षीया लिजा पुन छन्।
२७ वैशाख, काठमाडौं । पोखरामा ग्याङ फाइट भएको छ । ग्याङ फाइट गरेको आरोपमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा पोखराको बाँझपाटन बस्ने २७ वर्षीय सुजन आले मगर, सोही ठाउँ बस्ने २३ वर्षीय राजेश परियार, गोरखा घर भई पोखरा बस्ने ३० वर्षीय दीपेश भनिने दिलेराम गुरुङ, नुवाकोट घर भई पोखरा बस्ने १८ वर्षीय सुजन तामाङ, नुवाकोट घर भई पोखरा बस्ने २५ वर्षीय राजकुमार तामाङ र पोखराकै २० वर्षीया लिजा पुन छन् ।
उनीहरूले २२ वैशाख राति साढे ९ बजेतिर पोखराको बाग्लुङ बसपार्कमा ग्याङ फाइट गरेको प्रहरीले बताएको छ । उक्त भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि प्रहरीले खोजी गरेर उनीहरूलाई पक्राउ गरेको हो ।
झै–झगडाको मुख्य कारण लागुऔषध रहेको कास्कीका डीएसपी हरि बस्नेतले बताए ।
प्रतिक्रिया 4