+

एनपीएलको आयव्यय विवरण पारित, यस्ता छन् क्यान साधारणसभाका निर्णय

२०८३ वैशाख  २७ गते १९:१५ २०८३ वैशाख २७ गते १९:१५
एनपीएलको आयव्यय विवरण पारित, यस्ता छन् क्यान साधारणसभाका निर्णय

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल क्रिकेट संघको वार्षिक साधारणसभाले नेपाल प्रिमियर लिगको पहिलो र दोस्रो संस्करणको आयव्यय विवरण पारित गरेको छ।
  • साधारणसभाले एनपीएलबाट प्राप्त आम्दानीबाट देशभरका ४५ जिल्ला क्रिकेट संघलाई जनही २ लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ।
  • क्यानले आर्थिक वर्ष २०८१/०८२ को लेखापरीक्षण प्रतिवेदन अनुमोदन गर्दै सन् २०२६ का लागि वार्षिक कार्यक्रम, कार्ययोजना र बजेट पारित गरेको छ।

२७ वैशाख, विराटनगर । नेपाल क्रिकेट संघ (क्यान) को वार्षिक साधारणसभाले नेपाल प्रिमियर लिग (एनपीएल) को पहिलो र दोस्रो संस्करणको आयव्यय विवरण पारित गरेको छ ।

आइतबार विराटनगरमा सम्पन्न साधारणसभाले एनपीएलबाट प्राप्त आम्दानीमध्ये देशभरका ४५ जिल्ला क्रिकेट संघलाई जनही २ लाख रुपैयाँ उपलब्ध गराउने निर्णय पनि गरेको छ ।

साधारणसभाले आर्थिक वर्ष २०८१/०८२ को वार्षिक लेखापरीक्षण प्रतिवेदन अनुमोदन गरेको छ भने सन् २०२६ का लागि क्यानको वार्षिक कार्यक्रम, कार्ययोजना र बजेट पनि पारित गरेको छ ।

साथै, एसीसी/आईसीसीबाट थप कार्यक्रम आएमा त्यसअनुसार बजेट तथा कार्यक्रम समायोजन गर्न केन्द्रीय कार्यसमितिलाई अधिकार दिइएको छ ।

त्यस्तै, जिल्ला क्रिकेट संघहरूले सञ्चालन गर्ने कार्यक्रमको आधारमा ‘स्कोर कार्ड ग्रान्ट’ उपलब्ध गराउने निर्णय गरिएको छ ।

क्यानले यसै वर्षदेखि हरेक डिसेम्बरमा ‘क्यान एनुअल अवार्ड्स’ घोषणा गर्ने निर्णय पनि गरेको छ ।

यसअन्तर्गत उत्कृष्ट पुरुष, महिला, युवा खेलाडी, लाइफटाइम एचिभमेन्ट र ‘मोमेन्ट अफ द इयर’ अवार्ड प्रदान गरिनेछ ।

एनपीएल क्यान नेपाल प्रिमियर लिग
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय