२७ वैशाख, काठमाडौं । रास्वपाले वडा र पालिका तहको अधिवेशन दुई चरणमा गर्नेगरी मिति तय गरेको छ ।
आइतबार बसेको सचिवालय बैठकले जेठको ३ र १६ गते दुई चरणमा हुने गरी वडा अधिवेशनको मिति टुंगो लगाएको हो । पालिका अधिवेशन जेठ १० र जेठ १७ गते गर्ने गरी मिति तय गरिएको छ ।
वैशाख २० अघि समिति गठन भएका वडामा जेठ ३ गते अधिवेशन हुनेछ भने जेठ ३ गतेसम्म वडा समिति बनेका स्थानमा १६ जेठमा वडा अधिवेशन गर्ने भएको छ ।
वैशाख २५ गते अघि समिति गठन भएका पालिकामा जेठ १० गते अधिवेशन हुनेछ । जेठ १० गते अघिसम्म समिति गठन भएका बाँकीको अधिवेशनको समय जेठ १७ गतेका लागि तोकिएको छ ।
सचिवालय बैठकले जेठ २३ र २४ गते जिल्ला अधिवेशन गर्ने निर्णय गरेको छ । साथै जेठ २ गते समिति गठन नभएका वडाको भेला बोलाइएको छ भने जेठ ९ गते समिति गठन नभएका पालिकाहरूको भेला डाकिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4