+
+
Shares

सुनको भाउ घट्यो, चाँदी बढ्यो

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख २८ गते १२:२४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल सुनचाँदी व्यवसायी महासंघले सोमबार सुनको भाउ प्रतितोला ४ सय रुपैयाँ घटेर २ लाख ९८ हजार ५ सय रुपैयाँ तोकेको छ।
  • सोमबार चाँदीको मूल्य प्रतितोला ४० रुपैयाँ बढेर ५ हजार ३४० रुपैयाँ पुगेको छ।
  • गत सोमबार सुनको भाउ प्रतितोला २ लाख ९४ हजार ८ सय र चाँदीको भाउ ५ हजार ३० रुपैयाँ थियो।

२८ वैशाख, काठमाडौं । सोमबार सुनको भाउ सामान्य घटेको छ । अघिल्लो दिनको तुलनामा प्रतितोला ४ सय रुपैयाँ घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला २ लाख ९८ हजार ५ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन २ लाख ९८ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो । गत सोमबार सुनको भाउ प्रतितोला २ लाख ९४ हजार ८ सय रुपैयाँ थियो ।

चाँदीको मूल्य भने बढेको छ । अघिल्लो दिनको तुलनामा प्रतितोला ४० रुपैयाँ मूल्य बढेको हो । महासंघले यस दिनका लागि चाँदीको भाउ प्रतितोला ५ हजार ३४० रुपैयाँ तोकेको छ ।

अघिल्लो दिन ५ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै गत सोमबार ५ हजार ३० रुपैयाँमा सुनको कारोबार भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?