+

बंगलादेशविरुद्ध टी–२०आई खेल्ने टोलीमा छैनन् म्याक्सवेल र स्टोइनिस

२०८३ वैशाख  २८ गते १२:३५ २०८३ वैशाख २८ गते १२:३५
बंगलादेशविरुद्ध टी–२०आई खेल्ने टोलीमा छैनन् म्याक्सवेल र स्टोइनिस

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अस्ट्रेलियाले बंगलादेशविरुद्धको टी–२० शृंखलाका लागि मिचेल मार्शको कप्तानीमा टोली घोषणा गरेको छ।
  • पाकिस्तान सुपर लिगमा उत्कृष्ट प्रदर्शन गरेका आरोन हार्डीलाई पुनः टोलीमा समावेश गरिएको छ।
  • युवा जोएल डेभिस पहिलो पटक टी–२० टोलीमा परेका छन् भने ग्लेन म्याक्सवेल र मार्कस स्टोइनिस टोलीमा छैनन्।

२८ वैशाख, काठमाडौं । बंगलादेशविरुद्ध हुने टी–२० अन्तर्राष्ट्रिय शृंखलाका लागि अस्ट्रेलियाको टोली घोषणा भएको छ । टोलीको कप्तानी मिचेल मार्शले गर्नेछन् ।

यस टोलीमा आरोन हार्डीको पुनरागमन भएको छ । पाकिस्तान सुपर लिगमा उत्कृष्ट प्रदर्शन गरेपछि उनलाई फेरि राष्ट्रिय टोलीमा समावेश गरिएको हो । युवा खेलाडी जोएल डेभिसले पहिलो पटक टी–२० टोलीमा स्थान बनाएका छन् भने तीव्र गतिका बलर स्पेन्सर जोन्सन पनि टोलीमा फर्किएका छन् ।

यद्यपी अनुभवी खेलाडी ग्लेन म्याक्सवेल र मार्कस स्टोइनिस भने टोलीमा परेका छैनन् । दुवैले यसअघि एकदिवसीय क्रिकेटबाट भने सन्यास लिइसकेका छन् । स्टिभ स्मिथ पनि टी–२० टोलीबाहिर नै रहेका छन् ।

पछिल्लोपटक म्याक्सवेल र स्टोइनिस अस्ट्रेलियाको सेन्ट्रल कन्ट्र्याक्टबाट पनि बाहिर राखिएका थिए । टी-२० विश्वकपमा पनि यी दुई खेलाडी लयमा देखिएका थिएनन् ।

बंगलादेशविरुद्ध अस्ट्रेलियाको टी–२० टोली : मिचेल मार्श (कप्तान), जेभियर बार्टलेट, कुपर कोनोली, टिम डेभिड, जोएल डेभिस, नाथन एलिस, क्यामरन ग्रीन, आरोन हार्डी, ट्राभिस हेड, जोश इङ्ग्लिस, स्पेन्सर जोन्सन, म्याथ्यु कुनेमन, राइली मेरिडिथ, जोश फिलिप, म्याथ्यु रेन्श, एडम जाम्पा।

ग्लेन म्याक्सवेल मार्कस स्टोइनिस

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय