+
+
Shares

प्रतिनिधिसभा नियमावलीमा भएका गलत प्रावधानमाथि नेकपाले संशोधन पेश गर्ने

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख २८ गते १३:२५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली कम्युनिष्ट पार्टीले प्रस्तावित प्रतिनिधिसभा नियमावलीमा भएका गलत प्रावधानमाथि संशोधन पेश गर्ने निर्णय गरेको छ।
  • पार्टीको संसदीय दलको बैठकले संसद् अधिवेशनमा सुकुमवासी समस्याको अविलम्ब प्रभावकारी समाधान गर्नुपर्ने विषय उठाउने निर्णय गरेको छ।
  • सरकारले ल्याएका अध्यादेश र प्रधानन्यायाधीश नियुक्ति सम्बन्धी सवालहरूबारे पनि छलफल भएको प्रमुख सचेतक युवराज दुलालले बताए।

२८ वैशाख, काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीले प्रस्तावित प्रतिनिधिसभा नियमावलीमा भएका गलत प्रावधानमाथि संशोधन पेश गर्ने निर्णय गरेको छ ।

सोमबार दिउँसो बसेको पार्टीको संघीय संसदीय दलको बैठकले आजबाट सुरु हुने संसद् अधिवेशनमा पार्टीले गर्ने विविध विषयमा छलफल भएको प्रमुख सचेतक युवराज दुलालले जानकारी दिए ।

उनका अनुसार संसद् अधिवेशनमा सुकुमवासी समस्याको अविलम्ब प्रभावकारी समाधान गर्नुपर्ने लगायतका विषय पनि नेकपाले उठाउनेछ ।

त्यस्तै सरकारले ल्याएका अध्यादेश, प्रधानन्यायाधीश नियुक्ति लगायतका सवालहरूबारे पनि छलफल भएको दुलालले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?