News Summary
Generated by OK AI. Editorially reviewed.- सप्तरीको सुरुङ्गा नगरपालिका–४ कदमाहा क्षेत्रमा बिना जानकारी होस्टेलबाट निस्किएका तीन बालकलाई प्रहरीले सुरक्षित उद्धार गरेको छ।
- ती बालकहरू लहानस्थित गोल्डेन इङ्गलिश बोर्डिङ्ग स्कुलमा होस्टेलमा बस्दै अध्ययनरत रहेको खुलेको छ।
- उद्धार गरिएका बालकहरूलाई अभिभावकसँग सम्पर्क गरी सुरक्षित रूपमा जिम्मा लगाइएको प्रहरीले जनाएको छ।
२८ वैशाख, सप्तरी । सप्तरीको सुरुङ्गा नगरपालिका–४ कदमाहा क्षेत्रमा प्रहरीले होस्टेलबाट बिना जानकारी बाहिर निस्किएका तीन जना बालकलाई सुरक्षित रूपमा उद्धार गरिएको छ ।
प्रहरी चौकी लक्ष्मीपुर सप्तरीबाट खटिएको टोलीले लहानबाट कदमाहातर्फ पैदल हिँडिरहेका तीन बालकलाई शंकास्पद अवस्थामा देखेपछि नियन्त्रणमा लिई सोधपुछ गरेको थियो ।
प्रारम्भिक सोधपुछका क्रममा ती बालकहरू लहानस्थित गोल्डेन इङ्गलिश बोर्डिङ्ग स्कुलमा होस्टेलमा बस्दै अध्ययनरत रहेको र कसैलाई जानकारी नदिई होस्टेलबाट बाहिर निस्किएको खुलेको प्रहरीले जनाएको छ ।
उद्धार गरिएका बालकहरूमा सप्तरीको बोदेबर्साइन नगरपालिका–३ गौरा टोल निवासी पंकज मण्डलका १२ वर्षीय प्रिन्स मण्डल, वरुण ठाकुरका १० वर्षीय दुर्गानन्द ठाकुर र सन्तोष यादवका ७ वर्षीय विकास यादव रहेका छन् ।
प्रहरीका अनुसार बालकहरू लामो दूरी पैदल यात्रा गरिरहेका कारण उनीहरूको सुरक्षालाई ध्यानमा राख्दै तत्काल नियन्त्रणमा लिई प्रहरी चौकी लक्ष्मीपुरमा ल्याइएको थियो ।
त्यसपछि आवश्यक विवरण संकलन गरी उनीहरूका अभिभावकहरूसँग सम्पर्क गरेर सुरक्षित रूपमा जिम्मा लगाइएको बताइएको छ । घटनाबारे जानकारी दिँदै प्रहरी नायव उपरीक्षक डम्बर बहादुर पुरीले जानकारी दिनुभयो ।
प्रतिक्रिया 4