+
+
Shares

सेयर बजारका सबै सूचक बढे, कारोबारमा वृद्धि

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख २८ गते १५:११

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सोमबार नेप्से परिसूचक ३८.१९ अंक (१.३९ प्रतिशत) बढेर २७८३ अंकमा पुगेको छ।
  • कारोबार रकम ४ अर्ब ६१ करोड पुगेको छ, जुन अघिल्लो दिनको भन्दा बढी हो।
  • फर्स्ट माइक्रोफाइनान्सको मूल्य १४.१८ प्रतिशतले सबैभन्दा धेरै बढेको छ।

२८ वैशाख, काठमाडौं । साताको पहिलो कारोबार दिन सोमबार सेयर बजारका सबै सूचक बढेका छन् । नेप्से परिसूचक ३८.१९ अंक (१.३९ प्रतिशत) बढेको छ ।

यो वृद्धिसँगै नेप्से २७८३ अंकमा कायम भएको छ । जुन अंक दिनभरको अधिकम अंक पनि हो । आज कारोबार खुलेदेखि नै बजारले अन्तिम समयसम्म वृद्धिको लय समात्यो । यसअघि शुक्रबार नेप्से २७ अंक बढेको थियो ।

कारोबार रकम पनि बढेको छ । अघिल्लो दिन ३ अर्ब २८ करोडको कारोबार भएकोमा आज ४ अर्ब ६१ करोडको भयो । २४७ कम्पनीको मूल्य बढेको छ भने १८ को घटेको छ । त्यस्तै ४ कम्पनीको मूल्य भने स्थिर रह्यो । सबै समूहका सूचक बढेका छन् । अन्य समूह सूचक सबेभन्दा धेरै २.११ प्रतिशत बढ्यो ।

त्यस्तै बैंकिङ १.०२, विकास बैंक १.३६, फाइनान्स १.८१, होटल तथा पर्यटन ०.६९, हाइड्रोपावर १.७९, लगानी १.२५, जीवन बीमा ०.९९, उत्पादन तथा प्रशोधन १.३०, माइक्रोफाइनान्स १.७०, निर्जीवन बीमा १.६० तथा व्यापार १.१५ प्रतिशत बढे ।

फर्स्ट माइक्रोफाइनान्सको मूल्य सबैभन्दा धेरै १४.१८ प्रतिशत बढ्यो । दोल्ती पावरको ८.४३, आत्मनिर्भर लघुवित्तको ६.७८, मेन्छियाम हाइड्रोपावरको ६.६४ प्रतिशत मूल्य बढ्यो ।

त्रिशूली जलविद्युत्‌को मूल्य सबैभन्दा धेरै २.८७ प्रतिशत घट्यो । अघिल्लो दिन यहीं कम्पनीको मूल्य सबैभन्दा धेरै १० प्रतिशत बढेको थियो । त्यस्तै झापा इनर्जीको २.२३ तथा एसियन हाइड्रोपावरको २.१० प्रतिशत मूल्य घट्यो ।

आज धेरै कारोबार भएका कम्पनीमा रिलायन्स स्पिनिङ मिल्स, नेसनल हाइड्रोपावर, एसवाई प्यानल, रिडी पावर र साहस ऊर्जा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?