+
+
Shares

नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले भन्यो : सीईओको राजीनामाबारे भ्रामक हल्ला फैलाइयो

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख २८ गते १६:१४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले प्रमुख कार्यकारी अधिकृत ज्योति प्रकाश पाण्डेले राजीनामा दिएको भनी सञ्चारमाध्यममा आएको समाचारलाई भ्रामक र आधारहीन भनेको छ।
  • बैंकले सीईओ पाण्डे आफ्नो जिम्मेवारीमा सक्रिय रहेर बैंकको कार्यसम्पादन तथा व्यवस्थापनमा संलग्न रहेको स्पष्ट पारेको छ।
  • बैंकले कुनै पनि सूचना प्रकाशन गर्दा आधिकारिक स्रोतबाट पुष्टि गरी मात्र सम्प्रेषण गर्न आग्रह गरेको छ।

२८ वैशाख, काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्योति प्रकाश पाण्डे राजीनामा सम्बन्धमा केही सञ्चारमाध्यममा तथ्यहीन समाचार आएको स्पष्ट पारेको छ ।

एक विज्ञप्ति जारी गर्दै बैंकले सीईओ ज्योति प्रकाश पाण्डेले राजीनामा दिएको भनी भ्रामक र आधारहीन हल्ला फैलाइएको भन्दै आपत्ति जनाएको छ । ‘बैंकका प्रमुख कार्यकारी अधिकृत आफ्नो जिम्मेवारीमा सक्रिय रही बैंकको कार्यसम्पादन तथा व्यवस्थापनमा सक्रिय रहनुभएको जानकारी गराइन्छ’ बैंकले विज्ञप्तिमा भनेको छ ।

बैंकसम्बन्धी कुनै पनि सूचना वा समाचार प्रकाशन तथा प्रसारण गर्दा आधिकारिक स्रोतबाट पुष्टि गरी मात्र सम्प्रेषण गर्न बैंकले आग्रह गरेको छ । बैंकले ग्राहक, सेयरधनी तथा आम सर्वसाधारणप्रतिको विश्वासलाई निरन्तर सुदृढ बनाउँदै गुणस्तरीय सेवा प्रदान गर्ने प्रतिबद्धता जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?